Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्वामि लोकानन्दको वचन : ‘धर्म-कर्म,विधि र विधानलाइ अंगालेर हिडेँ सधै सफल भइन्छ’

स्वामि लोकानन्दको वचन : ‘धर्म-कर्म,विधि र विधानलाइ अंगालेर हिडेँ सधै सफल भइन्छ’

  • 4.0K
    SHARES

  • स्वामि लोकानन्दको वचन : ‘धर्म-कर्म,विधि र विधानलाइ अंगालेर हिडेँ सधै सफल भइन्छ’

    बुटवल,पुस १८ । 

    पुर्विय दर्शन मानव जीवनलाई उपयोगीसिद्ध साबित भएको स्वामी लोकानन्दले बताएका छन् । बुटवल नयागाँउस्थित मुक्तिनाथधामका पिठाधिश १००८ लोकानन्द स्वामीले मानवलाई जिउने कला सिकाउने काम पुर्विय दर्शनले गरेको बताए । ‘धर्म-कर्म,विधि र विधानलाइ अंगालेर हिडेँ सधै सफल भइन्छ ’ उनले भने ।

    रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाको ४ सय ५७ औँ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रकृति र संस्कृतिलाई अप्नाउदा जिवनमा फाईदा मिल्नेसमेत बताए ।

    आहार, बिहार, निद्रा र मैथुनलाई नियन्त्रण गरेमा जीवन मंगलमय हुने उनको दाबी छ । समाज रुपान्तरणमा सामाजिक संघसंस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

    शुभ कामलाई आजै र अशुभ कामलाई भोलिलाई थाति राख्नुपर्ने उनको सुझाव छ । गतल कर्म साेँचिरहेको मानिसको बिचार भोलिसम्म सकारात्मक हुने उनको भनाइ छ ।

    क्लबका अध्यक्ष गोपाल ज्ञवालीले शिक्षा र स्वस्थ क्षेत्रमा सरकारको सबैभन्दा बढी लगानी गर्नुपर्ने र साथमा ब्यवस्थापन अनुगमन हुनुपर्ने बताए। 

    कार्यक्रममा क्लबका आईपिपि कृष्ण प्रसाद शर्मा, पुर्वअध्यक्ष बालकृष्ण अर्याल, नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, सम्मानित सदस्य भुवनसिह विश्वकर्मा, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, रोक्याक्ट क्लब अफ रुपन्देही देवदहका आईपिपि दिपेश अर्यालले क्लबबाट समाजका हरेक क्षेत्रमा कामहरु गर्दै आएको बताए। 

    यसैबिच क्लबको वर्ष २०२०-२०२१ का अध्यक्ष विष्णुप्रसाद चापागाईं, उपाध्यक्ष निरज श्रेष्ठ, उपाध्यक्ष दिपक भट्टराई, सहसचिव अर्जुनआचार्य, सदस्यहरु भगवती पाण्डे, केशव कुवरलाई स्वामीबाट सम्मान गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology