Logo बिहिवार, आश्विन १ गते २०८३
images

अबदेखि मालपोत कार्यालय बुटवलकाे सेवा बेलबासबाट

अबदेखि मालपोत कार्यालय बुटवलकाे सेवा बेलबासबाट

  • 3.1K
    SHARES

  • अबदेखि मालपोत कार्यालय बुटवलकाे सेवा बेलबासबाट

    बुटवल,जेठ २२ ।

    बिस २०७१ सालदेखि बुटवल – ८ सुख्खानगरबाट सेवा प्रदान गर्दै आइरहेको मालपोत कार्यालय बेलबासमा सरेको छ । मालपोत कार्यालय एक कार्यक्रमका बिचमा बुटवल – १३ झोलुङ्गेपुल नजिकबाट सेवा दिन शुरु गरेको हो ।सरकारी भवन निर्माणको चरणमा रहेकाले केही वर्षका लागि नयाँ घर भाडामा लिएर औपचारिक रुपमा कार्यालयको सेवा शुुभारम्भ गरिएको हो । अब नापी कार्यालय र मालपोत कार्यालय नजिकै भएका छन् ।

    नापी कार्यालय भने गतबर्षदेखि बेलबासमै आफ्नै भवनमा सरिसकेको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले धेरै मेहनतले मालपोत कार्यालय बुटवल – १३ मा सार्न सफल भएको बताउनुभयो । उहाँले पारि बुटवलको क्रमश बिकास हुँदै गएको भन्दै बिकास क्रमले बिस्तारै गति लिएको बताउनुभयो ।

    नयाँ स्थानमा सरेको मालपोतलाइ सहज रुपमा सेवाप्रदान गर्न र स्थानीयले सघाउन उहाँको आग्रह छ ।पाण्डेयले लामो कसरतले कार्यालय बेलबासमा ल्याइएको भन्दै नागरिकका गुनासा नआउनेगरि काम गर्नुपर्र्नेमा जोड दिनुभयो ।

    मालपोत कार्यालयका बुटवल प्रमुख दामोदर भण्डारीले छिटो, छरितो र सहजरुपमा जनताले सेवा प्राप्त गरुन् भनेर मालपोत र नापी कार्यालय बेलबासमा सारिएको बताउनुभयो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ठाँउ परिवर्तन गरेर मात्रै जनताको सेवामा सुधार ल्याउन नसकिने बताउनुभयो । उहाँले कर्मचारीहरुको सोच र मानसिकतामा परिवर्तन हुन नागरिकका गुनासालाई चासोका साथ चुस्त र दुरुस्तरुपमा हुने गरी काम गनुपर्ने बताउनुभयो । उहाले आफू २६ वर्षदेखि सार्वजनिक सेवामा बिताएको बताउँदै रुपन्देहीमा रहेर आफ्नो कार्यकालमा कटिबद्ध भएर लागेको बताउनुभयो । उहाले राज्यको ढुकुटी लुट्ने र नदीनाला दोहन गर्नेहरु जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने बताउँदै काम गर्दा सधैं सेवाग्राही तथा जनताको पक्षमा रहेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।cdo.jpg
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालले बुटवल भनेर तिनाउ पूर्व चिनिदै आएकोमा पछिल्लो समय नापी र मालपोत कार्यालय सरेसंगै बेलबास झनै गुल्जारमय भउकोले जनताका कामहरु एउटै ठाउँबाट पूरा गर्न सहज हुने बताइउनुभयो । उहाले कुनै पनि नागरिकले सेवा लिन आउदा सहज रुपमा लिने वातावरण गराउन र सेवाग्राहीलाई गुनासोमुक्त बनाउन आग्रह गर्नुभयो ।

     
    सो अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण प्रसाद पुन, लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, लेखापढी व्यवसायी एशोसियशन बुटवल ईकाई अध्यक्ष रमेश पाण्डे, नागरिक समाजका तर्फबाट पूर्व जनप्रतिनिधि विष्णु कुमारी शर्मा, मालपोत अधिकृत लिलादेवी अर्याल,रविन्द्र अर्याललगायतले बोल्दै नापी र मालपोत कार्यालयसंगै हुँदा सेवागा्रहीलाई सेवा लिन अत्यन्तै सहज हुने बताउनुभयो ।MALPOT BUTWAL.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology