Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

  • 891
    SHARES

  • गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

    काठमाडौँ,जेठ २० ।

    ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई  सडकमा स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    सर्वोच्चमा कृष्ण विकलगायतले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए । जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । जुन निर्णय विवादमा परेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology