बुटवल,पुस १७-
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बृहद अन्तरसम्वाद कार्यक्रम गर्ने भएको छ । समाजको २१ औँ साधारणसभा तथा ११औँ अधिबेशनको अवसरमा अन्तरसम्वाद कार्यक्रम गरिने जिल्ला सभापति डिपि खनालले बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडी ,केन्द्रिय सभापति उत्तम पुडासैनी सहितका मानवअधिकारबादी नेताहरुको सहभागिता रहने छ ।
बुटवलको भाटभटेनी अगाडी रहेको होटल सिमरनमा पुस १८ गते शनिबार बिहान ११ बजे कार्यक्रम शुरु हुने शान्ति समाज रुपन्देहीले जनाएको छ ।
संसद बिघटनपछि नेपालमा बिकसित राजनैतिक घटनाक्रम ,बढ्दै गईरहेको भ्रष्टाचार,दण्डहिनता र अलोकतान्त्रिक कदमको बिरुद्धमा कार्यक्रम केन्द्रित हुने शान्ति समाजका केन्द्रिय उपसभापति गोबिन्द खनालले नागरिक अनलाइनलाइ बताउनुभयो । सो कार्यक्रममा करिब २ सय ५० जनाको सहभागिता रहने अपेक्षा गरिएको उहाले जानकारी दिनुभयो ।
११औँ अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्ने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)