Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको राजश्व अनुसन्धान कार्यालयमा भेटियाे पेस्तोल !

बुटवलको राजश्व अनुसन्धान कार्यालयमा भेटियाे पेस्तोल !

  • 4.4K
    SHARES

  • बुटवलको राजश्व अनुसन्धान कार्यालयमा भेटियाे पेस्तोल !

    बुटवल, पुस १६-

    बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र पेस्तोल फेला परेको छ ।  भारतीय नम्बर प्लेटको कन्टेनरबाट कम्पनी मेड पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    उक्त कन्टेनर राजश्च अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो । 

    जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा कन्टेनरकै एयर फिल्टरमा लुकाई राखेको अवस्थामा वेवली ३२ लेखेको पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।

    यसबारे अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए । indian truck.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology