Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूरूक्षेत्र गाउँपालिका : आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम पेश (सूचीसहित)

रूरूक्षेत्र गाउँपालिका : आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम पेश (सूचीसहित)

  • 2.3K
    SHARES

  • रूरूक्षेत्र गाउँपालिका  : आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम पेश (सूचीसहित)

    गुल्मी,वैशाख २९।

    गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले आव ०८१/०८२ को नीति तथा कार्यक्रम पेश गरेको छ ।  गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँ सभाको १६ औं अधिवेशनमा २३५ बुँदे नीति तथा कार्यक्रम पेश गर्नुभयो ।  

    नीति तथा कार्यक्रमलाई गाउँ सभाका सदस्यहरूले छलफल गरी वस्तुपरक बनाउने गाउँपालिकाले जनाएको छ । छलफल पछी नीति तथा कार्यक्रम जेठको दोस्रो हप्ता गाउँ सभाबाट पारीत गर्ने लक्ष्य राखिएको कार्यकारी अधिकृत लक्ष्मण पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।ruru gaupalika.jpg

    यी हुन् नीति तथा कार्यक्रमका मूल बिषयहरू :

    १. सबै घरपरिवारलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउन एक घर एक धारा को नीति लिई कार्य सम्पन्‍न गर्ने।
    २. कृषि तथा पशुपालन परियोजना संचालन गरी नागरिकको जीवनस्तरमा परिवर्तन गर्ने।
    ३. स्थानीयस्तरमै नागरिकको लागि रोजगारीका अवसरहरु सृजना गर्ने,
    ४. भ्रष्‍ट्राचारमा शून्यसहनशिलताको नीति अवलम्बन गर्दै नागरिकमैत्री सेवा प्रवाह प्रदान गर्ने।
    ५. सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र नागरिकले अनुभूती गर्ने गरी गुणस्तरयुक्त सेवा प्रवाहको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै स्मार्ट गाउँपालिका बनाउने।
    ६. गाउँपालिका तथा वडाको मुख्य सडक र सहायक सडकहरुलाई स्तरोन्‍नती गरी बाह्रै महिना सवारी चल्ने व्यवस्था गर्ने।
    ७. गाउँपालिकामा सडक¸ पर्यटन पूर्वाधार लगायतका अन्य भौतिक पूर्वाधारको निर्माण गर्ने।
    ८. सवल, सक्षम र उत्थानशील स्थानीय सरकार निर्माण गर्ने।
    ९. सामाजिक समावेशीकरणको नीति अवलम्बन गर्दै विकासको मूल प्रवाहमा सबैक्षेत्रलाई समावेश गर्ने।
    १०. गाउँपालिकाका सबै नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने।
    ११. शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने । 
    १२. फोहरमैला व्यवस्थापनको लागि आवश्यक व्यवस्था मिलाउने ।
    १३. वातावरणमैत्री स्वच्छ र सुन्दर गाउँपालिका निर्माण गर्ने।
    १४. पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धन सहित रोजगारीमा वृद्धि गर्ने।
     नीति तथा कार्यक्रमले समावेश गरेका मुख्य कार्यक्रमहरू 
    १.  नागरिकको स्वास्थ्य बिमा गर्ने
    २. कृषी बिमामा सहुलियत प्रदान गर्ने
    ३. प्रसुतीको लागि तथा असहाय, आर्थिक रूपले विपन्‍न र क वर्गको अपाङ्गता भएका नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने ।
    ४. सुलभ रूपमा आँखा उपचारको लागि प्राथमिक आँखा उपचार केन्द्र स्थापना गर्ने, नागरिकलाई मोतियाविन्दुको निशुल्क शल्यक्रिया गर्ने
    ५. आ.व. ०८१/०८२ मा गाउँपालिकामा ४० जना नागरिकहरुलाई वार्षिक रोजगारीको व्यवस्था गर्ने
    ६. नागरिकहरूले खानेपानीमा सहुलियत पाउने गरी लिफ्टिङ खानेपानी योजनाहरूलाई विधुत महसुलमा सहुलियत दिने ।
    ७. शिक्षामा प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउने साथै शिक्षामा बालबालिकाको  पहुँच सुनिश्चित गर्न बस संचालनमा अनुदान दिने तथा थप विद्युतिय सवारी साधन विद्यार्थीहरुलाई क्रमश हस्तान्तरण गर्ने
    ८. नागरिकहरुलाई भरपर्दो, गुणस्तरीय, सर्वसुलभ स्वास्थ्य उपचारको लागि सबै स्वास्थ्य संस्थामा ल्याब सेवा उपलब्ध गराउने र सबै स्वास्थ्य संस्थाबाट मासिक रूपमा डा. सहितको स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने ।
    ९. ज्येष्ठ नागरिक, असहाय, असक्त, क वर्गका अपाङ्गता भएका नागरिकहरुको घरघरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने ।
    १०.  आवश्यक सेवाहरू नागरिकको घर घरमा उपलब्ध गराउने ।
    ११. कृषकहरुको मागको आधारमा कृषी प्रविधि तथा यान्त्रिकरणमा अनुदान उपलब्ध गराउदै कृषकको घरघरमा कृषी परामर्श तथा समस्या समाधानको लागि कृषकसँग कृषी प्राविधिक कार्यक्रम संचालन गर्ने। 
    १२. बाँझो जग्गालाई कृषि उत्पादनमा प्रयोग गर्ने ।
    १३. कृषि उपजहरूलाई बजारीकरणको लागि आवश्यक प्रबन्ध मिलाउने ।
    १४. कृषि उपजहरूलाई लामो समयसम्म भण्डारण गरेर राख्न कोल्ड स्टोरलाई व्यवस्थित रूपमा संचालन गर्ने ।
    १५. कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने ।
    १६. नागरिकलाई तोकिएको समयमा सेवा उपलब्ध गराउन, जनप्रतिनिधि र कर्मचारीलाई जवाफदेही बनाउन क्षतिपूर्तिसहितको नागरिक वडापत्र लागू गर्ने ।
    १७. गाउँपालिकाको हरेक गतिविधिलाई आम नागरिकको पहुँचमा पुर्याउन गाउँपालिकाको news portal संचालन गर्ने ।
    १८. नागरिकको गुनासो र सुझाव २४ सैं घण्टा सुन्न गुनासो सुनुवाइ प्रणालीलाई व्यवस्थित रूपमा संचालन गर्ने (079541015)
    १९. नागरिकलाई सुसुचित गर्न साप्ताहिक रूपमा जनतासँग स्थानीय सरकार रेडियो कार्यक्रम संचालन गर्ने 
    २०. नागरिकको चासो गुनासो प्रतिकृया बुझ्न र नागरिकसँग प्रत्येक महिना जनतासँग अध्यक्ष/उपाध्यक्ष कार्यक्रम संचालन गर्ने। 
    २१. गाउँपालिकाका विभिन्‍न सडकहरुलाई स्तरोन्नती र कालोपत्रे गरी सुरक्षित र सहज यात्राको व्यवस्था मिलाउने । 
    २२.  सबै वडामा वडा पहुँच मार्गलाई स्तरोन्नती गर्दै कालोपत्रे गर्ने ।
    २३. एक एक एकधारा सबै घरधुरीमा पुर्याउने ।
    २४. नागरिकलाई महत्वपूर्ण सूचना प्रत्येक घरधुरीमा SMS मार्फत सम्प्रेषण गर्ने २५. गाउँपालिकामा विभिन्न लघु उद्योगहरू संचालन गर्ने ।ru.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology