Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

सुहाङ नेम्वाङ भन्छन् -‘मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन’

सुहाङ नेम्वाङ भन्छन् -‘मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन’

  • 942
    SHARES

  • सुहाङ नेम्वाङ भन्छन् -‘मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन’

    इलाम ,वैशाख १८ ।


    इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । मंगलबार इलाममा भएको प्रमाणपत्र वितरण कार्यक्रममा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र दिएका हुन् । 

    प्रमाणपत्र ग्रहण गर्दै सांसद नेम्वाङले आफूलाई विजयी गराउने मतदाताको शिर झुक्न नदिने गरी काम गर्ने वाचा गरे । ‘विजयी भएको आजको दिन म वाचा गर्न चाहन्छु ।

    मलाई अमूल्य मत दिएर विजयी गराउने मतदाताको शिर झुक्ने कुनै काम गर्नेछैन । तपाईँले राख्नुभएको एक एक मतको सुरक्षा गरेर कुनै पनि सङ्कोच नहुने गरी म काम गर्नेछु । बुवाले देखाउनुभएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमानदार र निष्ठापूर्वक काम गर्नेछु । तपाईंको शिर कहिल्यै झुक्न दिनेछैन । सबैसँग हातेमालो गरी अगाडि बढ्नेछु’, उनले भने । उनले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

    नेम्वाङले  नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

    सुहाङलाई उपनिर्वाचनमा एमालेले माओवादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उमेदवारका रूपमा इलाम–२ मा उमेदवार बनाएको थियो ।

    यसअघि २०७९ मा भएको निर्वाचनमा कांग्रेसका खड्का सुहाङका बुवा सुवासचन्द्र नेम्वाङसँग ११४ को झिनो मतान्तरले पराजित भएका थिए ।गत शनिबार भएको उपनिर्वाचनमा १२ राजनैतिक दल, सात स्वतन्त्रसहित १९ जना उमेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology