Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

इलाम अपडेट : डम्बरको अग्रता कायमै ,नेम्वाङ दाेस्राे स्थानमा !

इलाम अपडेट : डम्बरको अग्रता कायमै ,नेम्वाङ दाेस्राे स्थानमा !

  • 1.5K
    SHARES

  • इलाम अपडेट : डम्बरको अग्रता कायमै ,नेम्वाङ दाेस्राे स्थानमा !

    इलाम,बैशाख १६ ।

    इलाम २ को मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा खड्काले ११४५ मतका साथ अग्रता कायम राखेका छन् ।

    एमालेका सुहाङ नेम्वाङले १०६३ मतका साथ पछ्याइरहेका छन् । यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि छन् । यी दुवै वडा कांग्रेसले जितेका हुन् ।

    तर, २ नम्बर वडामा सुहाङले कांग्रेसको भन्दा बढी मत पाएपछि अग्रता साँघुरिएको हो । सो वडाबाट एमालेले ५२९,कांग्रेसले ४८८, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १२४ र रास्वपाका मिलन लिम्बुले ९४ मत पाएका छन् ।

    दुवै वडाको मत गणना सकिदा कांग्रेस ११४५,एमाले १०६३, मुडा ३११ र घण्टीले २०९ मत पाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology