Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना : स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन

बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना : स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन

  • 1.3K
    SHARES

  • बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना : स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन

    बुटवल, वैशाख ९ ।

    लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गर्नुभयो ।

    कार्यभार सम्हालेपछि पहिलो पटक उहाँ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भइरहेका कार्यप्रगति बारे बुझ्न आइतबार स्थलगत अवलोकनमा पुग्नुभएको हो । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको भवन निर्माणका लागि अहिले पुरानो संरचना हटाएर जग निर्माणको काम भइरहेको छ । अस्पतालको निर्माण स्थल तथा अस्पतालमा हाल सञ्चालनमा रहेका सेवाहरुको अवलोकन गर्दै उहाँले यस क्षेत्रलाई स्वास्थ्यको हब बनाउने दाबी गर्नुभएको हो ।

    अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट गुनासा तथा सुझाब माग गरेपछि सम्बोधन गर्नुहुँदै मन्त्री पुनले सेवाग्राहीको चाप, जनशक्ति व्यवस्थापन र उपकरणलगायतमा तालमेल नभएको विषयमा मन्त्रालयले छलफल अघि बढाउने प्रतिबद्धता गर्नुभयो ।

    अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन तथा उपकरण व्यवस्थापनमा मन्त्रालयले सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
    स्वास्थ्य मन्त्री पुनले चिकित्सा तथा स्वास्थ्य पेसा मर्यादित पेसा भएका कारण यसको साखलाई कायम राख्न मन्त्रालय तयार रहेको बताउनुभयो । यसैगरी सेवा प्रदान गर्ने विषयमा चिकित्सक तथा कर्मचारीले राम्रो गरेमा सम्मान गर्ने र गलत गरेमा निगरानी तथा कारबाहीको चेतावनी समेत दिनुभयो ।

    अस्पतालमा मुख्यमन्त्री पुनलाई माला लगाएर स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयले सहयोगको अपेक्षा गर्नुभयो । जनशक्ति, उपकरण तथा स्रोत साधनको तुलनामा ठुलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपर्ने भएकाले जनताबाट गुनासाहरु सुनिरहनुपर्ने बाध्यता रहेको डा। थापाले गुनासो गर्नुभयो ।

    अस्पतालमा निरीक्षणमा लुम्बिनी प्रदेश सामाजिक बिकास समितिका सभापति ओमबहादुर नेपालीको समेत सहभागिता थियो । अस्पतालमा विगत केही महिनादेखि ल्याप्रोस्कोपी मेसिन बिग्रिएको अवस्थामा भएपनि बजेट अभावले बनाउन नसकिएको उहाँको गुनासो छ ।

    उपकरण अभावमा सेवा प्रवाह पनि ढिलो हुने भएकाले बिरामीले अपरेशनका लागि समेत एक डेढ वर्षसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्री पुनसँग आग्रह गर्नुभयो ।

    ‘‘हामीले राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि उपकरण अभावले समस्या छ । बिग्रीएको एउटा ल्याप्रोस्कोपी मेसिन पनि बनाउन सकिएको छैन । अझै चार वटा मेशिन थप गर्ने हो भने पनि सेवाग्राहीले एक वर्ष पालो कुर्नुुपर्ने समस्या एक चौथाइमा घट्नेछ ।’’ डा। थापाले भन्नुभयो ।

    सङ्घीय सरकारबाट बीमा रकम समयमा भुक्तानी नहुँदा थप आर्थिक भारमा परेको उहाले गुनासो गर्नुभयो  । ‘‘गत भदौदेखि करिब १५-१६ करोड पाउन बाँकी नै छ । यसले गर्दा सेवा खस्किने हो कि भन्ने डर हामीलाई लागेको छ ।’’ डा.थापाले भन्नुभयो ।

    यसैगरी अस्पतालका व्यवसायीक सटर भत्काएपछि प्रदेश सरकारले वार्षिक ६ करोड अनुदान दिने भने पनि कार्यान्वयन नभएको गुनासो थापाको छ । सुरुका दुई वर्षसम्म अस्पताललाई रकम आएको भएपनि त्यसपछि सटर भत्काए बापत आउनुपर्नेमा रोकिएको थापाले जानकारी गराउनुभयो ।

    मन्त्रीको निरीक्षणपछि आयोजित अन्तरक्रियामा प्रशासकीय प्रमुख राजन केसी,अस्पतालकी वरिष्ठ दाँतरोग विशेषज्ञ डा। वर्षा थापा, नर्सिङ प्रमुख ज्योति पौडेल, ओटी पोष्टअप इन्चार्ज सीता खनाल, डट्स इन्चार्ज विनोद पाण्डे लगायते गुनासो तथा सुझाव प्रस्तुत दिनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology