काठमाडौं,चैत्र २८ ।
नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई शपथ खुवाएका हुन् । घिमिरे बुधबार नै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)