Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सपना रोका मगरले राष्ट्रपति भण्डारीलाई भेटेर भनिन्-‘स-साना बालिकासमेत बलात्कारको शिकार हुँदा मन पाेल्दैन ? ’

सपना रोका मगरले राष्ट्रपति भण्डारीलाई भेटेर भनिन्-‘स-साना बालिकासमेत बलात्कारको शिकार हुँदा मन पाेल्दैन ? ’

  • 6.4K
    SHARES

  • सपना रोका मगरले राष्ट्रपति भण्डारीलाई भेटेर भनिन्-‘स-साना बालिकासमेत बलात्कारको शिकार हुँदा मन पाेल्दैन ? ’

    बुटवल,पुस १२- 

    प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेकी छन् । उनले नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै राष्ट्रपति  भण्डारीलाई यसबारेमा आफ्नो अनुभव समेत सुनाइन् । यो समस्या समाधानमा पहल गरिदिन उनको आग्रह थियो ।

    महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले पीडा भोगिरहेको भन्दै यसबारेमा गम्भीर बनिदिन आग्रह गरिन् ।स-साना बालिका बलात्कारको शिकार भएर मर्नु परेको दुःखद अवस्था रहेकोले यो अवस्थाको निराकरणका र दोषिलाइ कारबाहि गर्न उनले अपील गरेको सपनाले नागरिक अनलाइनस‌ंगको कुराकानीमा बताइन् । 

    बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् ।

    राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरिन् ।

    याे पनि :-

    विश्वका प्रभावशाली सय महिलाको सूचीमा परेकी सपनालाई बुटवलमा गोर्खालीको सम्मान (भिडियाे सहित)

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology