Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य हुँदैन : काँग्रेस महामन्त्री गगनकुमार थापा

अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य हुँदैन : काँग्रेस महामन्त्री गगनकुमार थापा

  • 2.1K
    SHARES

  • अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य हुँदैन : काँग्रेस महामन्त्री गगनकुमार थापा

    बुटवल ,चैत्र १५ ।

    नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उहाँले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलसंग चुनावी एकता गर्ने बताउनु भएको हो । समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं। १ रोहिणी गाउँपालिकाको धकधईमा भएको संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनाव हार्न तयार तर अरु संग नटासिने बताए ।

    उहाँले विगतमा कसैसंग मिलेर चुनाव नलडेको भए अहिले देशमा काँग्रेस र कम्युनिष्ट पार्टी मात्रै बाँकी रहने र साना दलको पसल बन्द भईसक्ने बताउँदै त्यसो हुँदा मुलुक पनि सकारात्मक दिशामा अगाडि बढ्ने बताउँदै अव काँग्रेसले त्यो गल्ती नदोहोर्याउने भनाई राख्नुभयो । उहाँले माओवादीतिर लक्षित गर्दै कहिले काँग्रेसलाई देखाएर र कहिले एमालेलाई देखाएर साना दलले बार्गेनिङ गरिरहेको बताउँदै त्यो खेल अब समाप्त भएको बताउनु भयो ।

    प्रतिनीधि सभाका सदस्य समेत रहनु भएका काँग्रेस महामन्त्री थापाको हुलाकी मार्ग केन्द्रीत संवाद यात्राको दोस्रो चरणको कार्यक्रम आजैदेखि नवलपरासीबाट सुरु भएको हो । नवलपरासीबाट दिउँसो रुपन्देही आउनु भएका थापाले धकधईमा स्थानीयसंग सुझाव संकलन गर्नुभएको छ भने भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसंग उनीहरुका समस्या लगायतका विषयमा सुझाव लिनु भएको छ । त्यस्तै पार्टीका नेताहरुसंग भैरहवा स्थित पार्टी कार्यालय कार्यक्रम भएको छ ।

    महामन्त्री थापाको टोलीमा रहनुभएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डेका अनुसार भोली शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रिया हुनेछ । त्यसपछि दिउँसो कपिलबस्तु जाने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology