Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद् विघटनसँगै प्रदेश सरकारहरू धरापमा,लुम्बिनी प्रदेशमा नेतृत्व बदल्ने प्रयास तीव्र !

संसद् विघटनसँगै प्रदेश सरकारहरू धरापमा,लुम्बिनी प्रदेशमा नेतृत्व बदल्ने प्रयास तीव्र !

  • 8.2K
    SHARES

  • संसद् विघटनसँगै  प्रदेश सरकारहरू धरापमा,लुम्बिनी प्रदेशमा नेतृत्व बदल्ने प्रयास तीव्र !

    बुटवल,पुस १२-

    प्रतिनिधिसभा विघटनसँगै प्रदेश सरकारहरू धरापमा परेका छन् । केन्द्रमा नेकपाभित्रको फुटका कारण देशभरका सातै प्रदेश सरकारहरू अल्पमतमा पर्न थालेका छन् ।

    लुम्बिनी प्रदेश सरकारसहित सबै प्रदेशका सरकार हेरफेर हुने गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले गृहकार्य गरेको हो ।

    नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले लुम्बिनी प्रदेश सरकार हेरफेर हुने बताइन् । उनले नागरिक अनलाइनसंग भनिन्,‘प्रधानमन्त्रीले केही बाँकी नराखेपछि अब लुम्बिनी प्रदेश सरकार पनि हेरफेर हुन्छ र अन्य प्रदेशमा पनि सरकार हेरफेर हुन्छ ।

    अहिले लुम्बिनी प्रदेशका इन्चार्ज तथा ओली पक्षका नेता शंकर पोख्रेल मुख्यमन्त्री छन्,उनी ओली समुहका खास मान्छे हुन् ।

    पोख्रेल नेतृत्वको सरकार बचाउन वा सरकार ढाल्न कांग्रेस, जसपा र जनमोर्चाका सांसदमध्येको साथ चाहिने छ । तर,अध्यक्ष घर्तीले अब सबै प्रदेशमा सरकार हेरफेर गर्ने बताइन् ।

    पार्टी विभाजनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन् । ८७ सदस्यीय प्रदेश सभामा नेकपाका ६१ सांसद छन् । प्रधानमन्त्री ओली अर्थात् मुख्यमन्त्री पोखरेलको पक्षका ३५ र अर्का अध्यक्ष प्रचण्ड र नेपाल पक्षका २६ सांसद छन् भने कांग्रेसका १९,जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन् ।

    प्रदेशसभामा तत्कालीन एमालेले ४१ सिट जितेकोमा ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद थिए । तत्कालीन माओवादीले २० सिट जितेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलनिकटका दुई सांसद पनि प्रचण्ड-नेपाल पक्षमा लागेका छन् ।

    प्रदेशमा काँग्रेस ‘पर्ख र हेर’को रणनीतिमा :

    bal krishna khad.jpgप्रदेशमा काँग्रेसले तत्काल ‘पर्ख र हेर’ रणनीति तय गरेको छ । काँग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फखरुद्दिन खानले प्रदेश सरकार अल्पमतमा रहेको प्रष्ट भएपछि मात्र काँग्रेसले कुन पक्षसँग समीकरण गर्ने भन्नेबारे छलफल गरेर औपचारिक निर्णय लिने बताउछन् ।
    प्रचण्ड–माधव पक्षले सरकार अल्पमतमा परेको प्रस्ट सन्देश दिएपछि मात्र काँग्रेसले आफ्नो भूमिका निर्धारण गर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले नै हामीले आफैले समीकरण बनाउने र उनीहरु भित्रको चलखेलमा प्रवेश गर्ने कुरा आउँदैन ।’

    उनले केन्द्रमा देखिएकै ध्रुवीकरणको आधारमा प्रदेशमा पनि ध्रुवीकरण बन्छ भनेर अहिले नै भन्नु हतार हुने पनि बताए । 

     

    यी समाचारहरु पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology