बुटवल,चैत्र ३ ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न २ रुपन्देहीको बैठकले बिभिन्न निर्णय गरेको छ । बुटवल २ स्थित पार्टी कार्यालयमा भएको बैठकले सङ्गठनको बिबिध पक्षमाथि गहन छलफल गर्दै आगामी कार्यक्रमहरु तय गरेको छ ।
सभापति प्रजापाल गिरीको सभापतित्वमा भएको बैठकले 'काग्रेस सम्बाद' कार्यक्रमले बिभिन्न क्षेत्रका प्रजातन्त्रवादी अगुवा व्यक्ति र समुहलाई पार्टि सङ्गठनसङ्ग जोड्ने र नबिकरण गर्ने काम गरेकाले अभियानलाई निरन्तरता दिएको छ ।
चैत्र १० गते प्राईभेट बैक सहकारी तथा बित्तिय क्षेत्रमा कार्यरत कर्मचारी बिच र चैत्र १७ गते साहित्यकार , लेखक र श्रस्टाबिच क्षेत्रीय कार्यसमितिले 'काग्रेस सम्बाद' गर्ने निर्णय गरेको सचिव बिमलराज भट्टराईले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
बैठकमा उपसभापति खड्क बहादुर महत, चिन्तामणि भुसाल, सहसचिव संगिता गौतम अर्याल , सदस्यहरु नारायण प्रसाद भट्टराई, लोक बहादुर कुवर, टेकबहादुर रेश्मी, अनिता केसी, लक्ष्मी श्रेष्ठ, अदिल खान, तिर्थराज पौडेल, ओम प्रकाश बिक, धनमन्त्री थारु , मिना जिसी लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । 'काग्रेस सम्बाद' अभियान अन्तर्गत क्षेत्रीय समितिले माघ २७ गते निजि तथा सस्थागत बिध्यालयका शिक्षक शिक्षिका र फाल्गुन ३० गते सेवा निवृत सरकारी कर्मचारी बिच कार्यक्रम सम्पन्न गरिसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)