Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

एआइजी श्यामलाल ज्ञवालीको सिआइबीमा सरूवा

एआइजी श्यामलाल ज्ञवालीको सिआइबीमा सरूवा

  • 1.4K
    SHARES

  • एआइजी श्यामलाल ज्ञवालीको सिआइबीमा सरूवा

    काठमाडौं, चैत २ ।

    मन्त्रिपरिषदको शुक्रबारको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ। सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरिएको छ।

    साथै सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

    सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो। 

    सुन तस्करी जाँचबुझ आयोगले चैत १ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने मन्त्रिपरिषद बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले जानकारी दिइन्।

    आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।AIG-ShyamLal-Gyawali.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology