Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालको उम्मेदवारी दर्ता

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालको उम्मेदवारी दर्ता

  • 861
    SHARES

  • राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालको उम्मेदवारी दर्ता

    काठमाडाैँ,फागुन २८ । 

    राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका  बेदुराम भुसाल रहेका छन् ।  त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology