Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

लुम्बिनी सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

लुम्बिनी सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

  • 948
    SHARES

  • लुम्बिनी सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

    बुटवल,फागुन २४ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

    अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् ।माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कूल ८७ सदस्यीय प्रदेश सभामा १० दलका ८६ र एक स्वतन्त्र सदस्य छन् ।

    प्रदेशमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७,माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका तीन जना सदस्य छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology