Logo बिहिवार, आश्विन १ गते २०८३
images

विष्णु पौडेल भन्दा टोपबहादुर रायमाझी ‘सिनियर’ !

विष्णु पौडेल भन्दा टोपबहादुर रायमाझी ‘सिनियर’ !

  • 7.8K
    SHARES

  • विष्णु पौडेल भन्दा टोपबहादुर रायमाझी ‘सिनियर’ !

    बुटवल,पुस ११-

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन र हेरफेर गरे । पुनर्गठनका क्रममा राज्यमन्त्रीसहित नौ जना नयाँले जिम्मेवारी पाए भने पुराना ६ जनाको जिम्मेवारी हेरफेर भयो  । 

    अर्थमन्त्री तथा नेकपा ओली समुहका महासचिवसमेत रहेका विष्णु पौडेलभन्दा बरियतामा नवनियुक्त उर्जा, जलश्रोत ता सिंचाइ मन्त्री टोपबहादुर रायमाझि अगाडि रहेका छन् ।

    रायमाझी वरियतामा चौथो नम्बरमा छन् । रायमाझी नेकपाको स्थायी समिति सदस्य हुन् । तर रायमाझीले अघिल्लोे ओली सरकारका पालामा उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । 

    त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने ईश्वर पोखरेल प्रधानमन्त्रीपछि दोस्रो वरियतामा छन् भने तेस्रो बरियतामा गृहमन्त्री रामबहादुर थापा वादल छन् ।बादलपछि चौथो नम्बरमा रायमाझी र पाचौ नम्बरमा अर्थमन्त्री पौडेल परेका छन् ।

    त्यस्तै परराष्ट्मन्त्री प्रदीप ज्ञवाली छैठौ वरियतामा परेका छन् । 

    listtt.jpg

    प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल फेरबदलसंगै बिस्तार,कसलाई कुन मन्त्रालय ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology