Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

सत्ता गठबन्धन टुट्यो,नयाँ सरकार बन्ने

सत्ता गठबन्धन टुट्यो,नयाँ सरकार बन्ने

  • 1.1K
    SHARES

  • सत्ता गठबन्धन टुट्यो,नयाँ सरकार बन्ने

    काठमाडाैँ,फागुन २१ ।

    सत्ता गठबन्धन टुटेको छ। बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्दैछ।एमाले उपाध्यक्ष  सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आज आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन्। 

    बालुवाटारमा जारी पदाधिकारी बैठकबाट एक नेताले गठबन्धन टुटेको पुष्टि गरेका छन्।  गएराति अबेरसम्म  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो। 

    विहान सबै दलले आआफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए।  ‘गएराति  अध्यक्षहरूको छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको थियो,’ माओवादीका एक नेताले भने,‘त्यसले आजै मुर्त रूप लिँदैछ।’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology