Logo बिहिवार, आश्विन १ गते २०८३
images

बिटीआइको शैक्षिक बिकास,बिस्तार र स्तरोन्नतिका लागि उपमहानगरपालिकाको पहल

बिटीआइको शैक्षिक बिकास,बिस्तार र स्तरोन्नतिका लागि उपमहानगरपालिकाको पहल

  • 6.7K
    SHARES

  • बिटीआइको शैक्षिक बिकास,बिस्तार र स्तरोन्नतिका लागि उपमहानगरपालिकाको पहल

    बुटवल,फागुन २० ।

    बुटवलको शैक्षिक बिकास , बिस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ । उपमहानगरपालिकामा एक कार्यक्रम गरि काठमाडौं  बिश्वबिद्यालयका उपकुलपति प्रो.डा भोला थापासहितको एक टोलीलाइ स्वागत समेत गरेको छ ।

    स्वागतपछि आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल शिक्षामा अब्बल बन्दै गइरहेको र बिद्यार्थीको संख्या बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले बुटवल टेक्निकल इन्स्टिच्युट (बिटीआइ ) र काठमाडौ विश्वविद्यालयका बिचमा सहकार्य र समन्वय गरेर नयाँ बिषयहरु पठनपाठन गर्न सकिने बताउनुभयो । बिटीआइमा स्नातक तहमा टनेल इन्जिनियरिङ, रिभर ईन्जिनियरिङ, आईटी, मेटल, ढलोट, अटो, बिषयहरुमा सहकार्य र समन्वय गर्न सकिने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा ब्यबहारिक युनिभर्सिटी बनाउन आवश्यक छ, । टीकाउ ,ब्यबहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

     ‘बिद्यार्थीका लागि आवश्यक बिषय समयले स्थापित गर्छ ।,निम्न आय भएकालाई हामीले बढि प्राथमिकतामा राख्न चाहन्छौँ । ’पाण्डेयको भनाइ छ ।सो अबसरमा बोल्दै काठमाडौं  बिश्वबिद्यालयका उपकुलपति प्रो.डा भोला थापाले शिक्षामा काठमाडौं बिश्वबिद्यालय र बुटवल उपमहानगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

    बिटिआइको थप संभावना ,संचालन मोडलको बिषयका बारेमा आफुहरुको चासो रहेको भन्दै सबैको सहकार्यमा काम गर्न सकिने बताउनुभयो ।  थापाले भन्नुभयो—बुटवलसंग पुरानो सम्बन्ध छ,बिटिआइमा बिद्यार्थी बढाउन जरुरी छ,नेपालमा बस्न भन्दा बिदेश जान थाले देशैभर बिद्यार्थी कम छन् ।,नया कार्यक्रम ल्याउनुपर्छ ,सहकार्य गर्नुपर्ने ,अहिले लुम्बिनी बौद्ध बिश्वबिद्धालय,मधेश विश्वविद्यालय ,गण्डकी विश्वबिद्यालय, संग पनि सहकार्य गरेका छौँ ।

    उपप्रमुख साबित्रा अर्यालले बुटवल शिक्षाको हव बनेको र  टेकिनकल शिक्षमा नया योजनामा सहकार्य गर्नुपर्ने बताउनुभयो ।

    बुटवल उवासंघका निर्वतमान अध्यक्ष उज्जवल कसजुले शिक्षामा लगानी्र बढाउनुपर्ने बताउनुभयो । बिटीआइका प्रमुख अमिमन्यू पन्थीले बिटिआइलाइ बलियो साथ र अपग्रेडिङ गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्मका सबै तालिम सफल भएको र कोहि बेरोजगार नरहेको उल्लेख गर्नुभयो ।

    उहाँले ६३ उद्योग संग सहकार्य भएको छ  र १०० प्रतिशत रोजगार भएको दाबी गर्नुभयो । लुम्बिनी बौद्ध बिश्वबिद्धालयका रजिस्टार तिलक आचार्यले बिटीआइको लोगो काफि रहेको भन्दै नेपालमा भन्दा बिदेशमा यस्को महत्व बढी रहेको आफुले पाएको बताउनुभयो ।उहाँले नगरपालिकाले एक चरण लगानी गरोस्,थप संचालनका लागि जस्लाई दिएपनि हुने उहाँको धारणा छ ।ku.jpg

    सामुदायिक प्राविधिक शैक्षिक संस्था बिटिआइ सन् १९६३ मा युनाइटेड मिसन टु नेपाल (युएमएन) को नर्वेका इन्जिनियर ओड होफ्टनको नेतृत्वमा स्थापना गरिएको हो । प्राविधिक प्रशिक्षणको लागि बिटिआईको स्थापना भएको र अहिले उत्पादन–आधारित चारवर्षे प्रशिक्षण कोर्षमा अध्ययन भैरहेको छ । यहाँ पुरानो संस्था बिटिआइले मेकानिकल, इलेक्ट्रिकल, सिकर्मी र वेल्डिङ तथा महिला कौशल विकास कार्यक्रम जस्ता विशेष समुदाय–आधारित पाठ्यक्रमहरू पनि प्रदान गरिरहेको संस्थाले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology