Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद विघटन बिरुद्ध नवलपरासीमा शान्ति समाजद्वारा बिरोध प्रदर्शन 

संसद विघटन बिरुद्ध नवलपरासीमा शान्ति समाजद्वारा बिरोध प्रदर्शन 

  • 3.1K
    SHARES

  • संसद विघटन बिरुद्ध नवलपरासीमा शान्ति समाजद्वारा बिरोध प्रदर्शन 

    बुटवल,पुस १० -

    पश्चिम नवलपरासीमा मानव अधिकार तथा शान्ति समाज नवलपरासी जिल्ला शाखाले आज बर्तमान सरकारका प्रधानमन्त्री मन्त्रीले संसद विघटनका बिरुद्ध आज प्रदर्शन गरेको छ । 

    मानव अधिकार तथा शान्ति समाजका बरिस्ठ उपसभापति गोबिन्द खनालले प्रधानमन्त्री ओलिले  पार्टी भित्रको भागबन्डाको फोहोरी किचलो दबाउन तथा  भ्रष्टाचारि छवि छल्न संबिधानको घाँटी निमोठेर अपराध गरेको बताउनुभयो। कार्यक्रममा बोल्दै  खनालले बर्तमान सरकारले प्रतिनिधि सभाको विघटन गरेर असबैधानिक काम गरेको र यसले लोकतन्त्रलाई खतरामा परेको बताउनु भयो ।

    अहिले प्रधानमन्त्री मन्त्रीले चालेको कदमले देश गम्भीर मोडमा पुगेको बताउदै उहाले जनताको मर्म अनुसारको काम नभएको बताउनु भयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य मोहन प्रसाद  बि।क, सल्लाहकार माधव पाण्डे  पत्रकार महासघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले बोल्दै देशले हालसम्म प्राप्त गरेका उपलब्धिहरु गुम्ने खतरा रहेको बताउनु भयो । 
    मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य प्रकाश न्यौपानेले पर्नु भएको थियो भने कार्यक्रमको संचालन सचीव गणेश न्यौपानेले गर्नु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology