Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने : विमलेन्द्र निधि

सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने : विमलेन्द्र निधि

  • 1.1K
    SHARES

  • सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने  : विमलेन्द्र निधि

    बुटवल,माघ १६ ।

    पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका छन् । उनले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको बताए ।

    ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् । उनले संघीय प्रणालीका लागि प्रदेश भए पनि प्रदेशको आफ्नै प्रहरी र कर्मचारी नरहेको बताए । उनले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरु सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर भनेको जानकारी दिए ।

    पूर्व उपसभापति निधिले क्रान्ति र परिवर्तनको अर्थ रुपान्तरण भएको बताए । उनले सातवटा प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको हातमा प्रहरी छैन भने के को रुपान्तरण भन्दै प्रश्न गरे । रुपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा जानुपर्ने उनको भनाइ छ । उनले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए । तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने उनले बताए ।

    नेता निधिले कांग्रेसको अगुवाइमा भएका क्रान्ति र आन्दोलन सफल भएको दावी गर्दै अरु पार्टीले गरेको आन्दोलन सफल हुन नसकेको बताए । समुदायमा कांग्रेस अभियानमा कांग्रेसका प्रतिनिधि समुदायमा पुगेर छलफल गर्नुपर्ने र त्यहाँ रहेका गुनासो र सल्लाह लिनुपर्ने बताए ।

    त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र के.सी.ले सत्यलाई बदल्न नसकिने बताए । कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कांग्रेस जनताले विश्वास गरेको शक्तिशाली पार्टी भएको बताए ।

    उनले कांग्रेसले धेरै विकासका काम गरेको दावी गरे ।कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मुकेश यादव, ४ का सभापति सुशील गुरुङ, महाधिवेशन प्रतिनिधि बालकुमारी घिमिरेलगायतले बोल्दै कांग्रेस जस्तो लोकप्रिय पार्टी अरु नभएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology