Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

कांग्रेस पार्टीको धर्म देशको हित गर्नु हाे :महामन्त्री गगन थापा

कांग्रेस पार्टीको धर्म देशको हित गर्नु हाे :महामन्त्री गगन थापा

  • 846
    SHARES

  • कांग्रेस पार्टीको धर्म देशको हित गर्नु हाे :महामन्त्री गगन थापा

    काठमाडौँ, माघ १२ ।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ।  शुक्रबार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको हो। 

    उहाँले कांग्रेसको धर्म भुईँमा बसेका जनताहरूलाई माथि उठाउने भएको पनि बताउनुभयो। उहाँले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरू सरकार अथवा भुईँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताउनुभयो। महामन्त्री थापाले कांग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताउनुभयो। निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पार्नुभयो।

    उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेस पार्टी बनेको कुनै एउटा निर्वाचन हुन्छ। निर्वाचन जित्छौँ। निर्वाचन हार्छौँ। हामी कहिलेकाहीँ २०८४ को निर्वाचनको बारेमा चिन्ता गर्छौँ। कांग्रेस पार्टी कुनै एउटा निर्वाचन लड्न, जित्न, हार्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो। एउटा पक्ष मात्रै हो। जसरी पानीको धर्म छ। आगोको धर्म छ। रुखको धर्म छ। सूर्यको धर्म ताप दिनु हो। पानीको धर्म चिसो बनाउनु हो। आँत भिजाउनु हो। कांग्रेसको धर्म यो देशको हित गर्नु हो। यो देशको भुईँमा बसेका जनताहरूलाई माथि उठाउने यसको धर्म हो। यो धर्म निर्वाह गर्ने हो। यो धर्म निर्वाह गर्दाखेरी हामी सरकारमा बसौँला, नबसौँला, भुईँमा बसौँला, चकटीमा बस्नुपर्ला। जहाँ बस्नुपर्ला।’’

    महामन्त्री थापाले शनिबारदेखि देशभर समुदायमा कांग्रेस अभियान सुरु हुने जानकारी पनि दिनुभयो। उहाँले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशील सदस्यता भएका सबै नेतालाई जान आग्रह गर्नुभयो। उहाँले सहिद दिवसको दिन केन्द्र र जिल्लामा नबसी आफ्नो वडाको कार्यक्रममा जान नेतालाई अनुरोध गर्नुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology