बुटवल,माघ ११ ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली काङ्रेसकी उम्मेदवार बिष्णु कुमारी सापकोटा बिजयी हुनुभएको छ ।सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्टिय सभा सदस्यमा निर्वाचित हुनुभयो छ। उपविजेता नेकपा एमालेकी तुलसा के सी ले २८६७ मतभार प्राप्त गर्नु भएको छ ।
गठबन्धनको तर्फबाट महिला कोटामा नेपाली कांग्रेसबाट विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार हुनुहुन्छ ।
अन्यको मतगणना जारी छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।
यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)