Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी

  • 2.8K
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी

    जनकपुरधाम, माघ ११ ।

    राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यमा अन्यतर्फ गठबन्धनको नेपाली काँग्रेसका उम्मेदवार आनन्द ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरी विजयी भएका हुन् ।

    कुल मतभार दस हजार आठ सय ३९ मा सात हजार तीन सय ७० मत प्राप्त गर्दै ढुंगाना निर्वाचित भएका हुन् भने चौधरीले सात हजार नौ सय २३ मत प्राप्त गरेर चुनाव जितेकी छिन् ।राष्ट्रियसभा सदस्यको यो निर्वाचनमा प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुने गर्छन् ।

    निर्वाचनमा नेकपा एमालेले दुवै समूहतर्फ उम्मेदवारी दिएको थियो भने सत्ता गठबन्धनकै जनमत पार्टीले अन्यतर्फ उम्मेदवार बनाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology