Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

तरुण दल र नेविसंघ रुपन्देहीले हटाए सडकका अव्यवस्थित डिभाइडर

तरुण दल र नेविसंघ रुपन्देहीले हटाए सडकका अव्यवस्थित डिभाइडर

  • 1.1K
    SHARES

  • तरुण दल र नेविसंघ रुपन्देहीले हटाए सडकका अव्यवस्थित डिभाइडर

    बुटवल,माघ ११ ।

    बुटवल कालिकापथमा रहेका डिभाइडरले दुर्घटना बढाएपछि हटाइएको छ ।  तिनकुने – होराइजनचोक र योगिकुटीमा रहेका अव्यवस्थित डिभाइडरलाई नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीको अगुवाईमा हटाइएको हाे ।नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्ष प्रसान्त कोइरालाको नेतृत्वमा डिभाइडरहरु हटाइएको हो । बुटवल उपमहानगरपालिकालाई बाराम्बार अनुरोध गरेतापनी कुनै सुनुवाई नभएपछी उक्त डिभाईडर हटाइएको कोइरालाले बताउनुभयो ।

    उहाँले सडक बत्ती , छाडाचौपायको व्यवस्थापन भएपछी पुन बुटवल उपमहानगरपालिकालाई सहयोग गरि व्यवस्थापनमा तरुण दल अग्रसर रहने बताउनुभयो । साथै उहाँले डिभाईडरहरु हटाएपछी दुर्घटना न्यूनीकरण हुनेछ भन्ने अपेक्षा गरेको बताउनुभयो ।डिभाइडर हटाएपछी तिनकुनेमा कोण सभा गरि तरुण दल तथा विद्यार्थीलाई सहयोग गरि सभ्य र असल समाज बनाउन लागेका जागरुप युवाहरुलाई कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन नेविसंघ केन्द्रीय सदस्य बालाराम पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा नेवीसंघ रुपन्देहीका सभापति सन्दिप पाण्डे , तरुण दल क्षेत्रीय सभापती हसन्त लामा लगायत तरुण तथा युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।divider.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology