Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

बागलुङ पुगेका दुर्गा प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले गरे हातपात (भिडियो)

बागलुङ पुगेका दुर्गा प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले गरे हातपात (भिडियो)

  • 1.7K
    SHARES

  • बागलुङ पुगेका दुर्गा  प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले गरे हातपात (भिडियो)

    बागलुङ, माघ ४ ।

    चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आउनुभएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।

    बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले हातपात गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताउनुभयो । उहाँले भन्नुभयो, "दुर्गा प्रसाईँ मञ्चमा उक्लिने क्रममा गौतमबाट हातपातको प्रयास भएको हो । प्रहरीले तत्कालै नियन्त्रणमा लियो । कुनै अप्रिय घटना भने हुन पाएन ।"

     

    गौतमलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । उहाँ एमाले कार्यकर्ता भएको खुलेको छ ।pakrau.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology