Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डले बुकलेश कक्षा संचालन गर्ने

अक्सफोर्डले बुकलेश कक्षा संचालन गर्ने

  • 6.7K
    SHARES

  • अक्सफोर्डले बुकलेश कक्षा संचालन गर्ने

    बुटवल,पुस ५-

    बुटवलको अक्सफोर्ड ईङ्गलिस माध्यमिक विद्यालयले संचालन गरेको अनलाईन कक्षा र त्यसपछि लिएको अनलाईन परीक्षा सफल भएको जनाएको छ ।

    गएको बैशाख महिनादेखिनै जुम एपबाट अध्यापन गराउदै आएको अक्सफोर्डले अब्जेक्टीभ र सब्जेभ्टिभ दुबै माध्यमबाट लिएका परीक्षाहरु सफल भएको जनाएको हो ।

    विद्यालयका प्रिन्सिपल दिनेश भुषालले संचारकर्मीसँग कुरागर्दै अनलाईन माध्यमबाट शुरु भएका कक्षाहरु पुर्ण रुपमा सफल भएको बताउनुभयो । उहाँले अनलाईन कक्षा र त्यसपछि असोज अन्तिममा भएका प्रथम त्रयमासिक परीक्षामा ९० प्रतिशत भन्दाबढी विद्यार्थी सहभागि भएको उल्लेख गर्दै अनलाईन परीक्षामा पनि फिजिकल जस्तै विद्यार्थीहरु सहभागि भएको बताउनुभयो ।

    यसैबीच अक्सफोर्ड माध्यमिक विद्यालयले आईतबारदेखि फिजिकल रुपमा अर्धबार्षिक परीक्षा शुरु गरेको छ ।वर्तमान परिस्थीतिलाई मध्यनजरगर्दै विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरि परीक्षा संचालन गरेको हो । दुई कक्षादेखि दश कक्षासम्मका विद्यार्थीहरु सहभागि भएको परीक्षामा ९७ प्रतिशत विद्यार्थीहरु परीक्षामा सहभागि भएको प्रिन्सिपल भुषालले जानकारी दिनुभयो ।

    उहाँले कोरोना कहरले शिक्षा क्षेत्रमा सुचना र प्रविधिको अधिकतम प्रयोग गर्ने अवसर विद्यार्थीले पाएको उल्लेख गर्दै नयाँ एप्स र सफ्टवेयरबाट विद्यालयका केही विषय बुकलेश बनाउने अभियानमा अक्सफोर्डले रहेको जानकारी दिनुभयो ।

    अक्सफोर्डले अहिले कक्षा नर्सरीदेखि अनलाईन र कक्षा ६ देखि फिजिकल रुपमा कक्षाहरु संचालन गर्दै आएको सहायक प्रिन्सिपल मोहन क्षेत्रीले जानकारी दिनुभयो । क्रमश प्राथमिक तहदेखिनै फिजिकल रुपमै कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology