Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबलको उपाधी न्यू होराइजनले उचाल्यो

अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबलको उपाधी न्यू होराइजनले उचाल्यो

  • 2.1K
    SHARES

  • अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबलको उपाधी न्यू होराइजनले उचाल्यो

    बुटवल,पुस १२ ।

    न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधी न्यू होराइजनले हात पारेको छ । ८ गतेबाट सुरु भएको प्रतियोगितामा न्यू होराइजनमावीले मणिमुकुन्द मावि पराजित गर्दै उपाधी हात पारेको हो ।

    प्रतियोगितामा न्यू होराइजनमावीले मणिमुकुन्द माविलाई ३-०को सेटमा पराजित गरेको थियो । सो खेलमा होराइजन माविले २५-१५, २५-२१, २५-२१ को सोझो सेटमा पराजित पराजित गरेको थियो । उपाधी संगै होराइजन माविले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको मणिमुकुन्द मावीले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    game.jpgयस्तै प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलमा कालिका मानवज्ञान मावीले एभरेस्ट माविलाइ पराजित गर्दै तेस्रो स्थान हासिल गर्दै १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कालिकाले एभरेस्ट माविलाइ ३-१ को सेटमा पराजित गरेको थियो । पराजित भएसगै एभरेस्ट मावीले सान्त्वनामा चित्त बुझाउनुपर्यो । कालिकाले एभरेस्टललाइ २५-२०, २१-२५, २५-१६ र २५-१५ सेटमा पराजित गरेको थियो । सान्त्वना भएको एभरेष्ट मावीले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतिगोगिताको विघागत पुरस्कार तर्फ बेस्ट डिफेन्स मणिमुकुन्द माविका राज खवास भएका छन । त्यस्तै बेस्ट ब्लकर्स मणिमुकुन्द माविका जुनिल दर्जी, बेस्ट सर्भर न्यू होराइजन माविका लेस्मन राहादी, बेस्ट सेटर न्यू होराइजन माविका जीवन घर्तीमगर, बेस्ट स्पाइकर कालिका माविका सुशील खडका, राइजिङ प्लेयर्स सैनामैना माविका अंकित सिन्जाली, बेस्ट कोच न्यू होराइजन माविका उदय बम मल्ल र बेस्ट प्लेयर्स न्यू होराइजन माविका सुर्य बिक भएका छन । बेस्ट प्लेयर्सलाई दुई हजार नगद प्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश खेलकुद परिषद्का सदस्य सचीव जय प्रकाश भट्टराइ खेलकुदलाई अनिवार्य शिक्षाको रुपमा विकास गर्नुपर्ने बताए ।उनले अहिले पनि विद्यालयहरुले खेलकुदलाई अतिरिक्त क्रियाकलपाको रुपमा राखेको भन्दै यसलाई अनिवार्य शिक्षाको रुपमा विकास गर्न आवश्यक भएको समेत बताएका थिए ।

    उनले भने- ‘शिक्षा अतिरिक्त क्रियाकलपा होईन, यो अनिवार्य हुनुपर्दछ ।’ होराईजन माविले देशमै शिक्षामा अग्रणी भुमिका निर्वाह गरेको भन्दै उनले आगामी दिनमा पनि शिक्षासंगै खेलकुदका गतिविधीमा समेत न्यू होराईजनले विशेष भुमिका खेल्ने बताएका थिए ।

    कार्यक्रममा आयोजक न्यू होराइजन स्पोर्ट्स क्लबका अध्यक्ष प्रकाश खनाल, निवर्तमान जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, नगर खेलकुद विकाश समिती बुटवलका अध्यक्ष बोनिन पिया, न्यू होराईजन संस्थाका प्राचार्य तथा न्यू होराइजन स्पोर्ट्स क्लबका संरक्षक लोकनाथ उपाध्याय, सहप्राचार्य बासुदेव अर्याल,बालकृष्ण भण्डारी,विद्यालय व्यवस्थापन समितीका निर्मल प्रसाद लाकौलको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा कार्यक्रम संयोजक कपिल आचार्यले स्वागत मन्तव्य राखेका थिए भने होराईजन संस्थाका खेलकुद तथा अनुसासन विज्ञ मिलन रानाले कार्यक्रम संचालन गरेका थिए ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology