बुटवल, पुस ६ ।
न्यू होराईजन स्पोष्ट्स् क्लवको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिवल प्रतियोगिता हुने भएको छ । देशकै प्रतिष्ठीत विद्यालय न्यू होराईजन ईंगलिस बोर्डीङ्ग स्कुल बुटवलको संरक्षकत्वमा रहेको क्लबको आयोजनामा यहि पुस ८ गतेबाट जिल्ला स्तरिय छात्र (पुरुष) भलिवल प्रतियोगीता हुने भएको हो ।
विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी भलिवल प्रतियोगीताको तयारी पुरा भएको जानकारी दिएको हो । न्यू होराईजन संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले गत बर्ष छात्रा भलिवल प्रतियोगीता आयोजना गरेको होराईजनले यो पटक छात्र भलिवल प्रतियोगीता आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले प्रतियोगीतामा २० भन्दा बढि विद्यालयको सहभागीता रहने जानकारी दिए । न्यू होराईजन स्पोष्ट्स क्लवका अध्यक्ष प्रकाश खनालले प्रतियोगीतामा प्रथम हुने टिमले ३५ हजार नगद पुरस्कार पाउने जानकारी दिए । उनले द्धितिय टिमले २५ हजार, तृतियले १५ हजार र सान्तव्ना टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिए । बुटवलको कालिका नगर होराईजन चोकमा रहेको न्यू होराईजन ईग्लिस बोडीङ्ग स्कुलमा पुस ८ गते विहान ८ बजे बाट प्रतियोगीता सुरु हुने छन् ।
८, ९, १० गते गरी तीन दिन सम्म सञ्चालन हुने यो प्रतियोगीतामा सहभागी सबै कक्षा १२ सम्मका खेलाडीहरुको लागि दुर्घटना विमा समेत गरिएको छ । कार्यक्रम संयोजक कपिल आचार्यका अनुसार अहिले सम्म १४ वटा टिमको सहभागीता भैसकेको प्रतियोगीतामा रुपन्देही जिल्लाबाट सामुदायिक तथा संस्थागत विद्यालयको सहभागीता हुने भएको छ । गत बर्ष आयोजना गरिएको जिल्लास्तरिय महिला(छात्रा) भलिवल प्रतियोगीतामा एभरेष्ट ईंग्लीस बोडीङ्ग स्कुल प्रथम, द्धितियमा कुवरवर्ती स्कुल र तृतियमा आयोजक विद्यालय संस्था न्यू होराईजन ईग्लीस बोर्डीङ्ग स्कुल भएको थियो ।
न्यु होराईजन स्पोष्ट्स क्लवले एक बर्ष विराएर छात्रा भलिवल, छात्र भलिवल प्रतियोगीता आयोजना गर्दैै आएको छ । यो पटक छात्र भलिवल प्रतियोगीता र अर्को बर्ष छात्रा भलिवल प्रतियोगीता आयोजना गर्ने कार्यक्रम संयोजक कपिल आचार्यले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ४ लाख २० हजार खर्च लाग्ने क्लबको अनुमान छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)