Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिल्ला स्तरिय छात्र भलिबलको फाइनलमा न्यू होराइजन र मणिमुकुन्द भिड्ने

जिल्ला स्तरिय छात्र भलिबलको फाइनलमा न्यू होराइजन र मणिमुकुन्द भिड्ने

  • 4.3K
    SHARES

  • जिल्ला स्तरिय छात्र भलिबलको फाइनलमा  न्यू होराइजन र मणिमुकुन्द भिड्ने

    बुटवल,पुस १० ।

    न्यू होराइजन स्पोट्स क्लबको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिताको फाइनलमा आयोजक न्यू होराइजन मावि र मणिमुकुन्द मावि प्रवेश गरेको छ ।

    प्रतियोगिताको उपाधीका लागि भोली न्यू होराइजन मावि र मणिमुकुन्द मावि भिडदैं छन ।८ गतेबाट सुरु भएको प्रतियोगितामा न्यू होराइजन माविले एभरेष्ट माविलाई र मणिमुकुन्द माविले कालिका मानवज्ञान माविलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।आज भएको क्वाटर फाइनलको पहिलो खेलमा न्यू होराइजन माविले सेन्ट जोसेफ माविलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा एभरेष्ट माविले होराइजन होराइजन जिविएस माविलाई २–० को सोझो सेटमा पराजित गरेको थियो ।

    त्यस्तै तेस्रो खेलमा कालिका मानवज्ञान माविले देवदह बुद्धपब्लिक माविलाई २–० को सोझो सेटमा पराजित गरेको थियो ।चौथो खेलमा मणिमुकुन्द माविले कान्ति माविलाई २–० को सोझो सेटमा पराजित गर्दै जित निकालेको थियो । क्वाटर फाइनलका सबै खेलहरु २–० को सोझो सेटमा सम्पन्न भएको थियो ।आजै भएको पहिलो सेमिफाइनल खेलमा न्यू होराइजन माविले एभरेष्ट माविलाई ३–०को सेटमा पराजित गरेको थियो ।

    सो खेलमा होराइजन माविले २५–१९, २५–१२ र २५–१६ मा एभरेष्ट माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।त्यस्तै दोस्रो सेमिफाइनल खेलमा मणिमुकुन्द माविले कालिका मानवज्ञान माविलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

    मणिमुकुन्द माविले २५–१७, २१–२५, २५–१२ र २५–२३ मा कालिका मानवज्ञान माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।सेमिफाइनल खेलका खेलहरु बेष्ट अफ फाइभमा खेलाइएको होराईजन संस्थाका खेलकुद तथा अनुशासन विज्ञ मिलन रानाले जानकारी दिए ।त्यस्तै प्रतियोगिताको तेस्रो स्थानको लागि भोली एभरेष्ट मावि र कालिका मानवज्ञान मावि बिच दिउँसो १ बजे खेल सुरु हुने प्रतियोगिताका रेफ्रि कोर्डिनेटर बुद्धि बस्यालले जानकारी दिए ।

    फाइनल खेल दिउँसो ३ बजे खेलाइने बस्यालले जानकारी दिए ।प्रतियोगितामा सहभागि टीमका खेलाडीहरुको लागि दुर्घटना बिमा गरिएको खेल संयोजक कपिल आचार्यले जानकारी दिए ।प्रतियोगीतामा प्रथम हुने टिमले ३५ हजार नगद, द्धितिय टिमले २५ हजार, तृतियले १५ हजार र सान्तवना टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने आचार्यले जानकारी दिए ।horizone.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology