Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

शुभाघाट दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

शुभाघाट दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

  • 981
    SHARES

  • शुभाघाट दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

    सुर्खेत,पुस १० ।

    सुर्खेतकाे मेहलकुनामा २०३६ / २०६४ सालमा शुभाघाट मेला हेर्न आउँदा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ । सुर्खेतकाे गुर्भाकोट नगरपालिकाको शुभाघाटमा लाग्ने मेला हेर्न आउँदा २०३६ सालमा डुंगा दुर्घटना हुँदा ९ जना र २०६४ साल पुस १० गते भएको झोलुङ्गे पुल दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।

    दीप प्रज्ज्वलन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले झोलुङ्गे पुल दुर्घटनास्थल नजिकै मृतकको सम्झनामा बनाइएको पक्की पुल उद्घाटनका बेला मृतकहरूको नाम राख्ने जानकारी दिए ।deep a.jpg

    ‘२०६४ सालमा झोलुङ्गे पुल दुर्घटना हुँदा घाइतेहरूको उद्दारमा आउँदा दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा पक्की पुल बनाउने घोषणा गरेकोे थिएँ,’ उपप्रधानमन्त्री खड्काले भने, ‘मृतकको सम्झनामा सबैको नाम लेखेर शिलालेख राख्नेछौँ ।’

    उपप्रधानमन्त्री खड्काले शुभाघाट मेला स्थानीय कला, संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण रहेको बताए । ‘एकआपसको सम्बन्ध, पारिवारिक, सामाजिक, सांस्कृतिक सम्बन्ध नवीकरण गर्नु यो महोत्सव–मेलाको विशेषता हो,’ उनले भने, ‘शान्तिपूर्ण तरिकाले भव्य रुपमा मेला–महोत्सव मनाउन आग्रह गर्दछु ।’deep baldai.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology