Logo सोमवार, कार्तिक १० गते २०८३
images

बुटवलमा लुम्बिनी एक्स्पो २०८० को तयारी पूरा,६ सय स्टल दर्ता

बुटवलमा लुम्बिनी एक्स्पो २०८० को तयारी पूरा,६ सय स्टल दर्ता

  • 1.8K
    SHARES

  • बुटवलमा लुम्बिनी एक्स्पो २०८० को तयारी पूरा,६ सय स्टल दर्ता

    बुटवल, पुस ३  । 

    रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेला हुंदै छ । यही पुस ५ गतेदेखि शुरु हुने उक्त व्यापार मेला १८ गतेसम्म सञ्चालन हुने छ ।बुटवल मण्डपमा आयोजना हुने व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था रुपन्देही व्यापार संघले मंगलबार मेला स्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    कृषिको ब्यवसायी करण तथा आधुनि करण, स्थानीय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवामूलक, वैकल्पिक उर्जा र स्वदेशी उत्पादनका व्यवसायलाई प्राथमिकता दिने संघका अध्यक्ष तथा व्यापार मेला मुल आयोजक समतिका संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मूलनाराका साथ मेला आयोजना गरिएको छ । लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि ६ सय स्टल सहभागी गराउने लक्ष्य अनुसार ६ सय स्टल दर्ता गरिएको अध्यक्ष घिमिरेले पत्रकार सम्मेलनमा जानकारी गराए ।

    उक्त व्यापार मेलामा होटल तथा रेष्टुरेन्ट सटल २३, उनी, गार्मेन्ट तथा तयारी पोशाक १४१, अन्तराष्ट्रिय स्टल १०, कृषि ४३, ब्याग÷जुत्ताचप्पल ६८, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका स्टल ७८, श्रृंगार, उपहार तथा खेलौनाका स्टल ५२,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान ५३, बैंक÷वित्तिय संस्था एवं शैक्षिक संस्था १८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस ६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स १६, आइसक्रिम तथा वेकरीज १८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस ८, औषधिजन्य पदार्थ तथा कृषिउत्पादन ६६ वटा सटर रहने छन् ।

    कृषि, महिला उद्यमी एंव सामाजिक संघसंस्थाहरुलाई निः शुल्क रुपमा केही स्टल उपलब्ध गराइएको अध्यक्ष घिमिरेले जानकारी गराए ।व्यापार मेला उद्घाटनको पूर्व सन्ध्यामा मेला स्थल बुटवल मण्डपबाट बिभिन्न जातजाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झँंकीसहित जनचेतनामूलक ¥यालीको आयोजना गरिने छ ।

    दर्शकलाई आकर्षण र मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम समावेश गरिने छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकहरुले बताएका छन् । त्यस्तै डान्स आइडल प्रतियोगिता, लोक दोहोरीप्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरिय वादविवाद प्रतियोगिता, ¥यापगीत प्रतियोगिता र भजन प्रतियोगिता आयोजना गरिने छ ।व्यापार मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्व रहेको मूल आयोजक समिति, स्टेरिङ समिति, विशेष सल्लाहाकार समिति, सल्लाहकार समिति, पूर्व अध्यक्षहरु रहेको विशेष मूल्यांकन समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

    उक्त व्यापार मेलामा करिव १० लाखद र्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार हुने आयोजकहरुले बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology