Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेसभित्रै लड्छु : महामन्त्री गगन थापा

भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेसभित्रै लड्छु : महामन्त्री गगन थापा

  • 1.2K
    SHARES

  • भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेसभित्रै लड्छु : महामन्त्री गगन थापा

    पाल्पा,पुस १ ।

    नेपाली जनताले १४ वर्षसम्म धैर्यता राख्ने जनतालाई भरोसा दिलाउन नसकिएको नेपाली कांगे्रसका महामन्त्री गगन थापाले बताएका छन् । नेपाली कांग्रेस पाल्पाको प्रथम पाल्पा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली जनतालाई झुक्काउने मात्र काम भएकाले निराशा छाएको बताएका हुन् ।

    महामन्त्री थापाले २०६२-६३ को आन्दोलनपछि संविधानसभाको निर्वाचन, संविधान जारी र २०७४ को निर्वाचनसम्म जनताले धैर्यता गर्दागर्दै त्यसपछि पनि आशा लाग्ने काम हुन नसकेको बताए संघीय, प्रदेश र स्थानीय सरकारमा कांग्रेस भएका बेला नागरिक चरम असन्तुष्ट भएको उनले बताए ।

    जनतालाई जहिले पनि झुक्काउने काम गर्न नहुने बताउदै उनले अब जनतालाई जवाफ दिनुपर्ने बताए । महामन्त्री थापाले जनतालाई सुशासन र भ्रष्ट्राचार न्युनिकरण गर्दै निर्मूल गर्ने जिम्मा आएको बताए ।

    महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने उनले बताए । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदेम्बेले जनता र कार्यकर्ताको मन जितेर कांग्रेसलाई अघि बढाउनुपर्ने अवस्था आएको बताए ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले अब जनताले के चाहेका छन् भन्ने बुझ्न जरुरी रहेको बताए ।

    केन्द्रीय सदस्य रुपा विकले जनताको विचार बुझेर कांग्रेसले काम गर्नुपर्नेमा जोड दिइन् । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वकेन्द्रीय सदस्यहरु राजनप्रसाद पन्त, हरिप्रसाद नेपाल, लुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर राना, प्यूठानका सभापति विष्णु गिरी, कांग्रेसका पाल्पा सभापति हिमालदत्त श्रेष्ठ लगायतले जिल्ला सम्मेलनले पार्टीलाई थप बलियो बनाउन सक्ने बताएका थिए । सोही कार्यक्रममा कांग्रेसका विभिन्न क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology