Logo सोमवार, कार्तिक १० गते २०८३
images

बुटवलमा लुम्बिनी एक्स्पोको तयारी,५ सय स्टल रहने

बुटवलमा लुम्बिनी एक्स्पोको तयारी,५ सय स्टल रहने

  • 2.1K
    SHARES

  • बुटवलमा लुम्बिनी एक्स्पोको तयारी,५ सय स्टल रहने

    बुटवल,मंसिर १९ ।

    बुटवलमा पुस ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय मेला हुने भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने मेलाले सुस्ताएको अर्थतन्त्र माथि उठाउन सहयोग पुग्ने मेला आयोजक रुपन्देही व्यापार संघले जनाएको छ ।

    एक्स्पोको विषयमा जानकारी दिने उद्देश्यले बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पोको आयोजनाले व्यापार व्यवसायलाई चलायमान बनाउन मद्दत गर्ने अपेक्षा लिएको बताउनुभयो ।

    एक्स्पोमा पाँच सय बढी स्टल सहभागिता गराउने, १० लाख बढी दर्शकले अवलोकन तथा करिब ५० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा संघले लिएको जनाएको छ।

    अहिले एक्स्पो तथा मेला स्थल बुटवल मण्डपमा एक्स्पोको तयारीका कामहरु भैरहेको छ ।lumbini expo.jpg

    एक्स्पोमा साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, मोवाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर लगायतका वस्तुहरु प्रदर्शनीमा राखिने भएको छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेलाको नाममा बढेको विकृतिलाई रोक्ने गरि अभियान थाल्न सुझाव दिनुभयो ।

    मेलामा ५ सय स्टल, १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैया बराबर कारोबार हुने लक्ष्य रहेको संघका महासचिव दया भण्डारीले बताउनुभयो । 

    कार्यक्रममा सचिव तथा प्रचार संयोजक फर्सुराम पन्थले नया प्रविधि र उपकरण चिनाउनेमात्र नभई अन्तरक्रिया कार्यक्रमहरु समेत गरिने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology