Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुलुकमा सुशासन नभए लोकतन्त्र टीक्दैन,बेलैमा सचेत बनौँ : कृष्ण पहाडी

मुलुकमा सुशासन नभए लोकतन्त्र टीक्दैन,बेलैमा सचेत बनौँ : कृष्ण पहाडी

  • 2.4K
    SHARES

  • मुलुकमा सुशासन नभए लोकतन्त्र टीक्दैन,बेलैमा सचेत बनौँ  : कृष्ण पहाडी

    बुटवल,मंसिर १८ ।

    मानव अधिकारबादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरुलाई आग्रह गर्नुभएको छ । लोकतन्त्र रक्षाका लागि दलहरु नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरुलाई इतिहासले क्षमा नगर्ने उहाँको कथन छ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा आयोजित  लोकतन्त्रको प्राण : सुशासन र सद्भाव बिषयक नागरिक संवाद कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले लोकतन्त्र बचाँँउन साझा संकल्प गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो –‘बेला छदै उपचार गरौँ,अराकताबादी खेती नगरौँ,धर्म र जातीको मुद्धामा दाइले भाइलाइ मार्छ ।’पहाडीले मुलुकमा सुशासन नभए लोकतन्त्र टिक्न नसक्ने तर्क गर्दै संघीयताले मुलुकलाइ तोड्ने नभइ जोड्ने काम गर्नुपर्ने धारणा राख्नुभयो ।यतिबेला नेपालका दलहरु सर्पको मुखको भ्यागुताजस्तो भएको टीप्पणी गर्नुभयो । ‘संघीयता को दोष छैन,दोष त भ्रष्टाचार हो,कुसंस्कार हो ।’ उहाँले भन्नुभयो –‘सिंहदरबारको अधिकारसंगै भ्रष्टाचार पनि प्रत्यायोजन भयो,मुलुकमा सुशासन नभए लोकतन्त्र टीक्दैन ।’

    दलहरु सत्ता केन्द्रित मात्रै हुदाँ परिवर्तनमाथि प्रश्न उठ्न थालेको उहाँको भनाइ छ । पहाडीले भन्नुभयो –‘टाउकोमा परेका २ –४ वटा ढाडे जुम्रा मार्ने हो ,टाउको फाल्ने होइन ।’मंसिरपछि चलेको आन्दोलन मानव अधिकार बिरोधी र अर्थहिन रहेको उहाँको तर्क छ ।

    फरक प्रसंगमा पहाडीले क्रान्तिको दुवाइले भ्रष्टाचारमा उन्मुक्ति दिन नसकिने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक आन्दोलन गर्छु भनेर धम्क्याउनु गलत भएको बताउनुभयो । उहाँले पछिल्ला काण्डहरुमा माओबादीका काण्डहरु बाहिर आउदा प्रधानमन्त्री मौन रहनु लज्जाजनक भएको तर्क गर्नुभयो ।

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रय सभापति रामकृष्ण बरालले शान्ति समाजले बिभिन्न मुद्धामा अभियान चलाइरहेको उल्लेख गर्नुभयो ।जनताका एजेण्डालाइ केन्द्रमा राखिएको उहाँँको तर्क छ ।

    सो अवसरमा समाजको अवधारणापत्र प्रस्तुत गर्दै निवर्तमान केन्द्रिय सभापति तथा सल्लाहकार गोबिन्द खनालले लोकतन्त्र रक्षाका लागि नागरिक संकल्प आवश्यक रहेको बताउनुभयो । खनालले लोकतन्त्रको रक्षाका लागि सुशासनको प्रत्याभूति र सद्भाव प्रवद्र्धन आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसालले जनयुद्धकै कारण देशमा सामन्तको अन्त्य भएको दाबी गर्नुभयो । उहाँले दलहरुको बिकल्प दलहरु नै भएको उहाँको भनाइ छ ।नेपाली कांग्रेस क्षेत्र न २ का सभापति प्रजापाल गिरीले दलहरु बलियो बन्ने तर जनता कमजोर बन्ने परिस्थिती बनाउन नहुने बताउनुभयो ।लोकतन्त्र र संघीयताको बिकृत पक्षलाइ समाधान गर्नुपर्ने उहाँको धारणा छ ।

    कार्यक्रममा पत्रकार डा बालकृष्ण चापागाइले यतिबेला मुलुकमा ग्रहण लागेको भन्दै शान्ति समाजले मूर्त एजेण्डा बनाउनुपर्ने बताउनुभयो ।लेखक ऋषि आजादले लोकतन्त्रबादी शक्तिहरु एकजुट बनेमा राजतन्त्र नफकर्ने ठोकुवा गर्नुभयो । उहाँले चुनावमा एमालेले राजाबादी शक्ति बोक्दा र कांग्रेसले माओबादीलाइ बोक्दा अहिलेको परिस्थती आएको तर्क गर्नुभयो ।

    samaj.jpg

    ट्रेड युनियन लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेल,सहकारी अभियान्ता बसन्तप्रसाद ढकाल,बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराइ,तुल्सीराम बञ्जाडे,फार्मेसी संघका गणेशप्रसाद सेढाइ,नागरिक समाजका उपाध्यक्ष रामकृष्ण हमाल,,महिला अधिकारकर्मी रिता सेन ओली,रामु भुसाल,जेष्ठ नागरिक दण्डपाणी पौडेल,हरि कडेँल लगायतले बोल्दै लोकतन्त्र बचाँउन सबै एक ठाउमा उभिनुपर्ने धारणा राख्नुभयो ।

    मानव अधिकार तथा शान्ति समाजका सभापति खिमप्रसाद भट्टराई (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रम उपसभापति कपिल ज्ञवालीको स्वागत तथा सचिव कृष्ण पाण्डेको संचालनमा भएको होे ।

    santi samaj  (7).jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology