बुटवल,मंसिर ९ ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ रुपन्देहीले बिभिन्न निर्णय गरेको छ ।साे बैठक सभापति प्रजापाल गिरीको सभापतित्वमा सम्पन्न भएको हाे ।
गत असोज २७ गते नेपाली काँग्रेस क्षेत्रीय समितिको रिक्त सभापति र सहसचिव पदमा निर्वाचन भएको थियो । बैठकले सफलता पुर्वक अधिवेशन सम्पन्न गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका तत्कालीन कार्यवाहाक सभापति परशुराम ढकाल, निर्वाचन समिति, मतदाताका रुपमा रहेका क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पार्टी नेतृत्वपंक्ति तथा प्रत्यक्ष वा अप्रत्यक्ष भुमिका खेल्नुभएका सञ्चारकर्मी, प्रहरी लगायत सम्पुर्ण तह र तप्कालाई धन्यवाद ज्ञापन गरेको सहसचिव मिलन थापाले जानकारी गराए ।
यस्तै बैठकले यो भन्दा अगाडि मनोनयन गरिएका पदाधिकारी सदस्यहरुलाई अनुमोदन गर्दै मङ्सिर १२ गते भैरहवामा सम्पन्न हुने पार्टीको प्रथम रुपन्देही जिल्ला सम्मेलन तथा १६ र १७ गते बुटवलमा सम्पन्न हुने लुम्बिनी प्रदेश सम्मेलनलाई भब्यतापुर्वक सम्पन्न गर्न बिभिन्न निर्णय गरेको सचिव बिमल भट्टराईले बताउनुभयो ।
बैठकले दिवङ्गत नेपाली काँग्रेसका नेता दामोदर ज्ञवाली, माधवलाल देवकोटा, यादा क्षेत्री, मीना खाम्चाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको नवनिर्वाचित सहसचिव संगीता अर्याल गौतमले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)