Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र : महामन्त्री गगन कुमार थापा

कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र : महामन्त्री गगन कुमार थापा

  • 1.4K
    SHARES

  • कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र : महामन्त्री गगन कुमार थापा

    अर्घाखाँची,मंसिर ८ ।

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र  रहेको बताउनु भएको छ  । कांग्रेस पाटीको दुस्मन कुनै दल वा समुह पनि छैन् । ‘एमाले, माओवादी, राप्रपा लगायत अहिले आएका सबै दलहरु कांग्रेसको प्रतिस्प्रधी मात्रै हो हाम्रो दुस्मन देशको गरिबी र बेरोजगारी हो । ’नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकहरुको स्वतन्त्रतानै समाजको परिबर्तनको सबैभन्दा ठुलो शक्ति हो ।

    नागरिक स्वतन्त्र भएनन भने त्यो समाजले परिबर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पाटी अगाडि बढेको जानकारी दिए । देशका सबै दल र समुहलाई सम्हालेर लैजान सक्ने  पाटी नेपाली कांग्रेस मात्र भएको बताउनुभयो ।

    महामन्त्री थापाले ऋषि मुनीको पावन भूमि पास्वत क्षेत्र तपाइ हामी कसैले भनेर हिन्दु भएको हैन् । तपाइ हाम्रो लामो इतिहास छ । हिन्दु धर्मलाइ कसैले पछाडी पार्न सक्दैन् । यो कसैले हल्लाएर नहल्लिने बताउनु भयो  । कुनै पाखण्डले हिन्दु धर्म खतरामा छ भन्दैमा कसैको पछाडी लाग्न नहुने बताउनुभएको छ  ।

    नेपाली नागरिकलाइ अन्य देशका नक्कली नागरिक बनाएर नागरिक सम्म पनि बेच्नको लागि  आफ्नो खल्तीमा पैसा हाल्ने निर्बाचित भएको सांसद, मन्त्री जो भएपनि जुन पाटीको भएपनि एक जना कसैले पनि क्षमा पाउन नहुने बताउनु भयो  ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता मानबहादुर विश्वकर्माले परिबर्तको लडाइमा कांग्रेसको भूमिका पहिलो भएको बताउनु भयो  ।

    त्यस्तै कांग्रेसका नेता चन्द्र भण्डारीले राजा ज्ञानेन्द्रकै सहयोगमा नेपालमा गणतन्त्र आएको बताउनु भएको छ ।  नेता भण्डारीलेअहिलेको विदेश पलायनले देश बढाबुढीको बस्ने थलोको रुपमा विकास भएको बताउदै युवाहरुको बढ्दो विदेश पलायन रोक्न सबै लाग्नु पर्ने बताउनुभयो  । ३ सय ६५ दिन भाषण् गर्न पनि हिड्ने कांग्रेसको झण्डा पनि बोक्ने, चुनावको समयमा अरुलाइ भोट दिने परिपाटीले कांग्रेस यस्तो अबस्थामा आएको बताउनुभयो  ।

    कांग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसालले लोतन्त्रको रक्षाको लागि कांग्रेसले कसै संग सम्झौता नगर्ने बताउनुभयो । उनले नेपाली जनताको लामो इतिहास र वलिदानीबाट प्राप्त लोतनत्र र गणतन्त्र जोगाउन कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताउनु भयो  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology