Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीब्र, ३ सय स्टल रहने

तिलोत्तमा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीब्र, ३ सय स्टल रहने

  • 1.8K
    SHARES

  • तिलोत्तमा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीब्र, ३ सय स्टल रहने

    बुटवल,कार्तिक २४। 

    उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी मंसिर १ गतेदेखि तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव–२०८० ’ गर्ने भएको छ ।तिलोत्तमा–५ मणिग्राममा आयोजना गरिने मेलाको तयारी तीव्र रुपमा अगाडि बढाइएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    “सबल अर्थतन्त्रको आधार, कृषि, एवम् पर्यटन, उद्योग र व्यापार” भन्ने मुल नाराका मेला गर्न लागिएको हो । मंसिर १२ गतेसम्म संचालन हुने मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले जानकारी दिए ।

    मेलामा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने संघले जनाएको छ ।

    मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको मेला मुल आयोजक समितिका संयोजक समेत रहेकासंघका अध्यक्ष भण्डारीले बताए ।मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्र्रिया रहने अध्यक्ष भन्डारीले बताए ।

    मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने छन् ।मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।mela tilottama.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology