Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

जनतालाई अवसरको उपयोग र सुविधा प्रदान गर्न संघीयताको अभ्यास : सभामुख घर्ती मगर

जनतालाई अवसरको उपयोग र सुविधा प्रदान गर्न संघीयताको अभ्यास : सभामुख घर्ती मगर

  • 1.2K
    SHARES

  • जनतालाई अवसरको उपयोग र सुविधा प्रदान गर्न संघीयताको अभ्यास : सभामुख घर्ती मगर

    बुटवल कार्तिक २२ ।

    स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्था वारेमा जनप्रतिनिधिहरुसंग छलफल गर्न लुम्विनी प्रदेश सभाले कार्यक्रम शुरुवात गरेको छ ।  आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको शुरुवात गर्नु भयो ।

    लुम्विनी प्रदेश सभा र स्थानीय तहका विच कानुन निर्माण तथा कार्यान्वय सम्वन्धी अन्तरक्रियात्मक गोष्ठीको शुभारम्भ गर्नु हुदै सभामुख घर्ती मगरले जनतालाई अवसरको उपयोग र सुविधा प्रदान गर्न संघीयताको अभ्यास गरिएको बताउनु हुदै केन्द्रमा अधिकार केन्द्रीत गरेमा त्यसको अनुभूति हुन नसक्ने बताउनु भयो ।

    उहांले स्थानीय तह र प्रदेश सभाको अन्तरसम्वन्धको महत्वलाई बुझाउन प्रदेशकै १२ जिल्लामा कार्यक्रा संचालन गरिने बताउनु भयो । सभामुख घर्ती मगरले स्थानीय तहले बनाएका कानुनको वारेमा प्रदेश सभालाई जानकारी दिने कानुनी व्यवस्था भएपनि कुनै पनि पालिकाले कानुनको वारेमा जानकारी नदिएको बताउनु भयो ।  

    कार्यक्रममा उपसभामुख मेनुका खांड केसीले स्थानीय तह र प्रदेश सभाको सम्वन्ध स्थापित गर्न यो कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नु भयो ।कार्यक्रम सहभागी पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख-उपाध्यक्षहरुले कानुन निर्माणको लागि जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि लगायतको कार्यक्रम संचालन गर्न, कानुन बनाउन अघि स्थानीय तहसंग परामर्स छलफल गर्न, कानुन सम्वन्धी सहजीकरणको लागि कानुन अधिकृतको दरवन्दी श्रृजना गर्न वा कानुनी सल्लाहकारको व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो ।

    उहाहरुले स्थानीय श्रोत जल,जंगल जमिनमा निर्णयको विषयमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भयो ।लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,उपाध्यक्ष लक्ष्मी योगी, राप्ती गापाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी , गढवा गापाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी र राजपुर गाउँ पालिकाका उपाध्यक्ष धनपति देबि यादव लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    गढवा गापा प्रमुख प्रशासकिय अधिकृत अम्मरराज शर्मा , राप्प्ती गापाका प्रमुख प्रशासकीय अधिकृत नेप बहादुर वलि, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पान्डेय,लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले पालिकामा भएको कानुन निर्माण र कार्यान्वयनको अवस्था बारेमा प्रकाश पार्नु भयो । अधिकृत अशोक ढुङ्गानाको संचालनमा भएको कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाको काम कर्तव्य र अधिकारको विषयमा चर्चा गर्नुहुदैं कानुन निर्माणको प्रकृयाको वारेमा सहजीकरण गर्नु भएको थियो ।त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतहरुले कामको वोझले गर्दा गाउं सभामा कानुन निर्माणको प्रकृयामा आवश्यक छलफल गर्न नसकिएको बताउनु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, कार्तिक २२ २०८००८:४५:५६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology