Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

देवदहका सुरज खरेल बने राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष

देवदहका सुरज खरेल बने राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष

  • 1.2K
    SHARES

  • देवदहका सुरज खरेल बने राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष

    बुटवल,कार्तिक २० ।

    राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।

     प्रदेश कमिटीको प्रथम अधिवेशनले ६९ सदस्यीय कमिटी चयन गरेको हाे । उपाध्यक्षमा सुरेश भण्डारी,सचिवमा सन्तोष ओली,सह सचिवमा भुपाल शर्मा,सह सचिवमा सुधा ज्ञवाली,कोषाध्यक्षमा डेन्जिङ रायमाझी निर्वाचित भएका छन् ।

    प्रदेश कमिटीमा रुपन्देहीबाट सुनिल सेन ओली,ईश्वर न्यौपाने, कृष्ण मल्ल ठकुरी,सन्त कुमार श्रेष्ठ,ध्रुव खरेल चन्द्रकान्त,रोशन खड्का,सुभाष छेत्री, विष्णु गिरी,श्रीधर दर्लामी मगर, शर्मिला जिसी रहेका छन् ।

    नवनिर्वाचित अध्यक्ष खरेलले संघलाई विगत भन्दा थप क्रियाशील बनाई जनरोकार,भ्रष्टाचार,बेथितिका मुद्दामा सरकारलाई खबरदारी गर्दै आगामी निर्वाचनमा नेकपा एमालेलाई वहुमत दिलाउने गरी सशक्त भूमिका खेल्ने बताए । उनले संघलाई जनमैत्री युवा संगठन बनाउने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology