Logo बिहिवार, आश्विन १ गते २०८३
images

रेडियो जागरणले मनायाे १४ औं वार्षिकोत्सव

रेडियो जागरणले मनायाे १४ औं वार्षिकोत्सव

  • 3.1K
    SHARES

  • रेडियो जागरणले मनायाे १४ औं वार्षिकोत्सव

    बुटवल,पुस २-

    सामुदायिक रेडियो–रेडियो जागरण ९३.६ मेगाहर्जले आज बुटवलमा आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ । जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरणले १३ वष पुरा गरि आजबाट १४ वर्षमा प्रवेश गरेको हो ।

    आवाज विहिनहरुको आवाज बुलन्द गर्न,न्याय र समतामुलक समाज निर्माणका लागि भन्दै ०६४ साल पुष २ गतेदेखि रेडियोको नियमित प्रसारण शुभारम्भ भएको हो ।

    रेडियोको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष एवं संविधानसभा सदस्य विनोद पहाडीले आवाजविहिनको आवाज बोल्न र समतामुलक समाज निर्माणका लागि रेडियोले निरन्तर आवाज उठाउने बताउनुभयो ।

    अन्यायमा परेका पीडितको न्यायका लागि रेडियोले अझ सशक्त भूमिका खेल्ने उहांले विश्वास व्यक्त गर्नुभयो । रेडियोलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैमा उहांले आभार पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर विनोद परियार,राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य चिन्ता परियार,जागरण मिडिया सेन्टरका केन्द्रीय सदस्य जगलाल नेपाली,रेडियोका मार्केटिङ प्रमुख विरेन्द्र कुंवर,समाचार वाचिका कल्पना डुम्रे,अम्बिका परियार लगायतले बोल्दै रेडियोको प्रगतिको कामना गरेका थिए ।

    यसैबीच जागरण मिडिया  सेन्टरका अध्यक्ष कमला विश्वकर्मा तथा निवर्तमान अध्यक्ष रेम विश्वकर्माले छुट्टाछुट्टैं शुभकामना सन्देश दिनुहुदै रेडियोको उन्नति र प्रगति एवं न्याय र समतामुलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology