Logo बिहिवार, आश्विन १ गते २०८३
images

६५८८ जनाको पीसीआर परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि

६५८८ जनाको पीसीआर परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि

  • 2.2K
    SHARES

  • ६५८८ जनाको पीसीआर परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि

    बुटवल,पुस २-

    नेपालमा आज थप ७७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५८८ जनाको पीसीआर परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४ घण्टामा ९४७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४० हजार ३ सय ६३ जना छन् ।

    नेपालमा निको हुने दर ९५ दशमलव ४ प्रतिशत रहेको छ ।कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७४९ रहेको छ ।

    गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३६३ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २७३, भक्तपुरमा ४० र ललितपुरमा ४५ जना संक्रमित थपिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology