Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा पहिलो पटक व्यावसायिक रुपमा जिपलाइन सञ्चालन,पर्यटन मन्त्री गिरीले गरे उद्घाटन (फाेटाेफिचर)

बुटवलमा पहिलो पटक व्यावसायिक रुपमा जिपलाइन सञ्चालन,पर्यटन मन्त्री गिरीले गरे उद्घाटन (फाेटाेफिचर)

  • 7.2K
    SHARES

  • बुटवलमा पहिलो पटक व्यावसायिक रुपमा जिपलाइन सञ्चालन,पर्यटन मन्त्री गिरीले गरे उद्घाटन (फाेटाेफिचर)

    बुटवल,पुस १-

    बुटवलमा पहिलो पटक साहासिक खेल जीपलाईन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ४ जना युवाको संयुक्त लगानीमा जीप लाईन संचालनमा आएको हो ।

    जीपलाईनको लुम्बिनी प्रदेशका पर्यटन मन्त्री लिला गिरिले उद्घाटन गरे । उनले खेलले आन्तरिक तथा बाह्य पर्यटकको बृद्धि हुने अपेक्षा गरे । LILA.jpg

    बुटवलको हिलर्पाकमा लुम्बिनी प्रदेशमै पहिलो पटक जीपलाईन सञ्चालनमा ल्याईएको हो ।

    लक्ष्मी आर्दश सामुदायिक बन उपभोक्ता समूहको हिलर्पार्क र उत्तरको अर्काे डाँडालाई जोड्ने गरि जीप लाईनको पुर्वाधार तयार गरि बाईल्ड बल्डर्स नेपाल प्रालिले साहसिक खेल संचालनमा ल्याएको छ  ।

    ७ सय ५० मिटरको तारबाट जीप लाईनको शाहसी खेल सुरु गरिएको हिलपार्क जीप लाईन परियोजनामा करीब सवा करोडको गुरुयोजना अनुसार काम भैरहेको र पहिलो चरणमा जिम लाईनको पूर्वाधार तयार भएको हो ।

    राजकुमार श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिमलाल भण्डारी यसका सञ्चालक रहेका छन । पहिलो चरणमा जिम लाईनको पूर्वाधार तयार भएको सञ्चालक हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । zip line sanchalak butwal.jpg

    जिपलाइनमा खेल्नेहरुको सात लाख रुपैयाँको बिमा गरिएको छ ।

    उद्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयाँमा दुईतर्फी यात्रा गर्न सकिने थापाले बताए । हाल वन उपभोक्ता मध्येकै सातजनाले रोजगारी पाएका र गुरुयोजना अनुसार पुर्वाधार पूरा हुँदा २० जना बढीले रोजगारी पाउने छन् । 

    दुबै डाडामा रुखलाई नै आर्कषक ढंगले मचाङ बनाईएको छ । जीपलाईनमा झुण्डिएर पर्यटकले बुटवल शहरको सुन्दर दुश्यालोकन गर्छन ।zipline.jpg

    दुईतर्फी जिम लाईन संचालन भएको नेपालको बुटवलमा मात्र सञ्चालनमा आएको सञ्चालकको दाबी छ ।  एकतफी ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरि दुईतर्फी १ हजार ४ सय मिटर दुरीको यो सम्भवत नेपालकै सबैभन्दा लामो जिम लाईन छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology