Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निलकण्ठ बाबाधाममा पुस ४ गतेदेखि ११ दिनसम्म सात्विक महायज्ञ हुने

निलकण्ठ बाबाधाममा पुस ४ गतेदेखि ११ दिनसम्म सात्विक महायज्ञ हुने

  • 3.1K
    SHARES

  • निलकण्ठ बाबाधाममा पुस ४ गतेदेखि ११ दिनसम्म सात्विक महायज्ञ हुने

    बुटवल,पुस १-

    बुटवलमा रहेको निलकण्ठ बाबाधाम तथा सन्तोषी माता गुरुकुल विद्याश्रममा सिताविवाह पंचमीदेखि धान्यपुर्णिमासम्म महायज्ञ हुने भएको छ ।

    कोरोना १९ को कारण यो वर्ष वृहत कार्यक्रम नराखी सामान्य रुपमा महायज्ञ गरिने भएको हो ।  बुधबार पत्रकार सम्मेलन गरि धामका संरक्षक माता देवमाया भट्टराईले धार्मिक संस्कार  नियमित हुने जानकारी दिनुभयो ।

    बिस २०६० मंसिर १२ गते शिला स्वतउत्पन्न भएसंगै विविध मन्दिर निर्माण गरि विधिपुर्वक पुजा हुँदै आएको उनले बताईन । यो वर्ष शिवको आराधाना गरि बार अनुसार ११ दिनसम्म सात्विक यज्ञ गर्ने उनले बताए । पुस ४ गतेदेखि रुद्राभिषेक कार्यक्रम गरिने उँहाले जानकारी दिनुभयो ।

    कोरोना भाईरस अन्त्यको र विश्व शान्तिको कामनासहित शक्तिपिठमा यज्ञ गर्न लागेको उँहाले बताउँनुभयो । भक्तजनहरु रुद्राभिषेक श्रवण समेत गर्न सकिने उहाको भनाइ छ । 

    नजिक रहेको आम्दा अस्पतालबाट फोहोरले प्रदुषण बढेको सहअध्यक्ष चुरामणी पौडेलले बताउनुभयो ।  सल्लाहकार लेख बहादुर कार्की नेपालमा पशुपतिनाथ, स्वर्गद्वारी पछि बुटवलको निलकण्ठ बाबाधाममा मात्र ३ पटक आरती गरिदै आएको हुदा महत्व बढेको दाबी गर्नुभयो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology