बुटवल,पुस १-
बिगत २४ घण्टा नेपालमा थप सात सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ ।
बुधबार थप आठ सय ४७ कोरोनामुक्त भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय सय ६९ छ । यस्तै गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १३ जनाको ज्यान गएको छ ।
योसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ४३ पुगेको छ । नेपालमा अहिले नौ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।
गएको २४ घण्टामा पाँच हजार पाँच सय ५५ जनाको पीसीआर परीक्षण भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)