बुटवल,भदौ १९-
रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९० पुगेको छ। शुक्रबार ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
सबैभन्दा बढी बुटवल उपमहानगरपालिका ३० जना [१३ महिला १७ पुरुष] , सिद्धार्थनगर नगरपालिका क्षेत्रमा १५ जना [१० महिला र ५ पुरुष ]तिलोत्तमामा ५ जना [ ४ महिला र १ पुरुष] , देवदहमा १ जना, रोहिणीमा ४ जना, सैनामैनामा १ र ओमसतियामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले नागरिक अनलाइनलाई बताए । ।
हालसम्म १३ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ४९४ जना निको भएर फर्किसकेका छन्, ६ सय ८३ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्। जिल्लाका संक्रमितध्ये २८ जना महिला र २९ जना पुरुष हुन्।
रुपन्देहीमा आज एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु :
रुपन्देहीमा आज एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलमा रहेको कोरोना विशेष अस्पताल, गौतमबुद्ध मुटु अस्पताल तथा सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका गरी ३ जनाको मृत्यु भएको हो ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ निवासी ६४ वर्षिया महिलाको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको छ ।
उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको आई.सि.यु.कक्षमा रहेको भेन्टिलेटरमा राखि उपचार भइरहेको उनलको आज विहान ८.४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।यसैगरी सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा बस्दै आएका संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदार शाहका सिद्धार्थनगर-८ का ती पुरुष गृगौलाका रोगी थिए । मृगौलाले काम नगरेपछि चितवनकामा डाईगलोसीस गराउँदै आएका थिए ।मृगौलाले काम गर्न छाडेपछि उनको आज विहान ८ बजे मृत्यु भएको हो ।
यो सँगै रुपन्देहीमा शुक्रबार ज्यान गुमाउने संक्रमितको संख्या ३ पुगेको छ । आजै विहान बुटवल८ का ७८ बर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु भएको थियो ।
बुटवल नगरमा कोरोना संक्रमितको वडागत बिबरण हेराैँ :-

याे पनि : -
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)