बुटवल,असोज २३ ।
नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय पुगेको छ। गत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो ।
५ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४, रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।यसअघि बिहीबार नेपालमा १२ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ६७६ जना पुगेको छ। हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित छन्।
हाल ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी १५ हजार ८७७ जना होम आइसोलेसनमा छन्।आज १३ हजार २७९ जनाको परीक्षण भएको छ।
यो सहित नेपालमा ११ लाख ४५ हजार २३७ जना पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४ हजार ३०७ जना छन्। पछिल्लो २४ घण्टामा जम्मा १ हजार ६८० जना निको भएका छन्। योसहित हालसम्म ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।
बुटवलमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि :
रुपन्देहीको बुटवल उपमहानगरमा थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार वडा नं. ३, १० र १० मा २-२ जना, वडा नं. ५ र १३ मा १-१ जना, वडा नं. ४ र ७ मा ३-३ जना, वडा नं. ६, ९ र ११ मा ६-६ जना संक्रमित थपिएका छन् ।
यो सँगै बुटवलमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १५ पुगेको छ । उपमहानगरमा हालसम्म ५९० जना संक्रिय संक्रमित छन् भने ८२५ जना उपचार पछि डिस्चार्ज भएका छन् ।
याे पनि :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)