बुटवल,असाेज २१ ।
नेकपा एमाले रोहिणी गाउँ कमिटी अध्यक्ष सुनिल कौशलको नेतृत्वमा सिगो गाउँकिमिटी नै नेकपा एसमा समाहित भएको छ ।
कौशल सहितका टिमलाई पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरे । गाउ कमिटीका पदाधिकारी, संगै ५ वडा शाखा कमिटीका अध्यक्षहरु एकिकृत समाजबादीमा प्रवेश गरेका छन् ।
कौशल सहितका टिमलाई पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरे । गाउ कमिटीका पदाधिकारी संगै ५ वडा शाखा कमिटीका अध्यक्षहरु सहित ६५ जना एकिकृत समाजबादीमा प्रवेश गरेको प्रदेश सदस्य कमल भण्डारीले बताए ।
समाजवादी जागरण अभियानले आईतबारै रुपन्देहीको मणिग्राममा पनि कार्यक्रम गरेको थियो । टोली अब बुटवलबाट पश्चिमतर्फ लाग्नेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)