Logo बिहिवार, श्रावण १४ गते २०८३
images

प्रधानमन्त्री ओलीले बाेलाए आकस्मिक मन्त्रिपरिषद बैठक,संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी

प्रधानमन्त्री ओलीले बाेलाए आकस्मिक मन्त्रिपरिषद बैठक,संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी

  • 2.6K
    SHARES

  • प्रधानमन्त्री ओलीले बाेलाए आकस्मिक मन्त्रिपरिषद बैठक,संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी

    बुटवल,मंसिर ३०- 

    सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ ।

    मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।

    बैठक लगतै संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

    जबकी मन्त्रिपरिषद बैठकमा यो अध्यादेशबारे कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए ।

    प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ ।

    यसअघि परिषद अध्यक्ष र कम्तीमा ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ ।

    यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो ।

    अध्यादेशबारे गगनको टीप्पणी :‘ओलीकोअसंवैधानिक कदमलाई असफल बनाएरै छाड्छाैँ’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology